logo
  • शुक्रबार, असोज ९ २०८३

गायिका रेनुकाको ‘तिम्रो मायामा’ डान्सीङ प्रतिस्प्रर्धामा,उत्कृष्टले एकलाख पाउने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री,गुल्मी साउन १८।
गायिका रेनुका थापाको ‘तिम्रो मायामा’ ंपप एल्वम तृत्य प्रतिस्प्रधामा रहेको छ । उक्तगीतमा समुहमा वा दुई जनाको ग्रुपमा नृत्य गरेर भिडियो संङस नेपालमा इमेल गरेर पठाएर उत्कृष्ट समुहलाई एकलाख पुरस्कार दिने गायिका रेनुकाले बताइन् । तिम्रो मायाँ गीतमा देसभरबाट पठाइएका उत्कृष्ट नृत्यहरुको छनोट दसैं र तिहारको बिचमा राखिने गायिका थापाले बताइन् ।

उनको तेस्रो एल्बको म्युजिक भिडियो सार्वजनिक रहेको छ । पछील्लो समय सँगितमा लगेकी गायिका थापा २०७० बाट उनले आफना सांगितिक प्रस्तुतिहरु बजारमा ल्याउन थालिन् । उनले फूल झैं फूलिरहनु–२०७०, कोशिश गरें–२०७१ र तिम्रो मायामा–२०७४ उनका गीत हुन् । यी गीतहरुमा संगीत÷शब्द पनि उनकै आफनै रहेको छ ।

गायन लेखन सगै पछिल्लो भिडियोमा उनी आफैं अभिनयमा समेत उत्रिएकी छन् । उनको पछील्लो एल्वम ‘तिम्रो मायामा’ गीत र भिडियो दर्शकश्रोताले मन पराएको बताइन् । पप प्याटर्नको डान्सिङ नम्बरको गीत भएकोले पनि धेरै दर्शक श्रोताले मन पराएको उनको भनाई रहेको छ । पछील्लो एल्वमा पनि आफनै स्वर, शब्द÷संगीतमा तयार भएको गीतमा सन्तोष लामाले पनि साथ दिएका छन् ।

माया प्रेमसँग सम्बन्धित गीत रहेको गायिका थापाले बताइन् । सानैदेखि स्कुल पढ्दाबाटै गीत लेख्ने गरेकोले सँगीत क्षेत्रमा लाग्ने इच्छा रहेको सानैदेखिको रुचीपूरा गर्न पनि सँगीत क्षेत्रमा लागेको उनको भनाई रहेको छ । पछील्लो पटक सार्बजनिक भएको गीतमा एउटा केटीले आफ्नो दिल किन चोरेको भनेर केटासँग प्रश्न गरेको कथा गीतमा हरेको उनले बताइन । केटाले भने चोरेको छैन भनेर ढाँटेको कथामा गीत तयार रहेको छ ।
गीतको पुरा भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend