logo
  • शनिबार, साउन ९ २०८३

कतारमा एक नेपालीको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

दीलिप पराजुली, दोहा ।
करिब चार महिना अघि कतार आइपुगेका तेह्रथुम आठराई चुवान डाडा स्थाई बसोबास भई हाल झापा अर्जुनधारा निवासी ग्याल्चोक लाम्खोरको गत जुलाई २५ तारिक कोठामा बसेको अबस्थामा मृत्यु भएको छ ।

रातिको डिउटी सकेर कोठा आएको र टेलीफोनमा साथिसंग कुरा गर्दै गर्दा अचानक बेहोस भएपछी उनलाई हस्पिटल पुर्याएको थियो । कतारको सरकारी हस्पिटल हमाद हस्पिटलको वक्रा ब्रान्चमा पुर्याइए पनि उनको पहिले नि निधन भएको हस्पिटलले जनाएको छ ।

कम्पनीले मृतककी श्रीमती झुमा तामांगलाई टेलीफोन मार्फत श्रीमानको मृत्यु भएको जानकारी गराएपछी परिवारमा रुवाबासी छाएको छ । हप्तुर लिन्टन ग्रुप कम्पनीमा कार्यरत लाम्खोर अन्जली ओभरसिज मेनपावर कम्पनि बाट कतार आएका थिए । मृतक लाम्खोरका श्रीमती र एक छ बर्षिय छोरा रहेका छन् ।

मृतकका छिमेकी मेघराज मैनालीले आबुधावी दुबई बाट कतारमा रहेका डम्बर कुमार बराललाई सम्पर्क गरी जानकारी गराए पछि घटनाको तथ्य जानकारी भएको थियो । बराल कतार इन्जीनियरिंग कम्पनीमा कार्यरत छन् । उनले घटना थाहा पाए बित्तिकै मृतकका कम्पनिमा गएर मृतकका बारेमा जानकारी लिएका थिए ।

कम्पनीले लाश पठाउनको लागी भनेर कतारी लियल १५०० उनै बराललाई हस्तान्तरण गरेको छ भने परिवारलाई सहानुभूति दर्शाउदै पाच हजार रियल मृतककी श्रीमतीका नाममा नेपाल पठाएको छ ।

मृतकको शब अगस्ट एक तारिक बिहान तीन बजे (आजै राति ) कतार एयरवेजको विमानबाट नेपाल पठाउने अन्तिम तयारि भइ सकेको बराल बताउछन भने मृतकको शब लिएर बराल आफै नेपाल जाने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend