साझा नेटवर्क
पशुपती श्रेष्ठ,भारत ।
अर्घाखाँची जिल्लाबाट रोजगारी ,शिक्षा,व्यापार तथा विविध कार्यले जिल्ला भन्दा बाहिर रहेका अर्घेलिहरुको एक मात्र साझा संस्था अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चले पहिलो अधिबेशन सम्पन्न गरेको छ ।
२०६९ सालमा संगठित भएको संस्था केहि समय पहिले देखी निष्क्रिय रहदै आएको थियो । संस्थाले विगत २ हप्ता देखी प्रथम अधिबेशनको आव्हान गरि डिल्लिराज घिमिरेको संयोजकत्वमा नयाँ कार्यसमिती आइतबार चयन गरेको छ । अर्घेलिहरुको लामो बहस र छलफल पछि संस्थाको उपाध्यक्ष कर्णजंग रायमाझी ,गिरिराज खनाल,रञ्जित क्षेत्री,अम्बिका बेल्बासे श्रेष्ठ महासचिव युवराज थापा सचिव पशुपति श्रेष्ठ सहसचिव दामोदर भुसाल कोषाध्यक्षमा राम प्रसाद पराजुली सह-कोषाध्यक्ष बिष्णु क्षेत्री रहेका छन ।
त्यस्तै सदस्यहरुमा बसन्त खड्का,घनश्याम ज्ञावाली,अरुण कुमार बञ्जाडे ,डिलाराम खनाल,बिष्णु कुमार बर्मा,बिष्णु शारु मगर,राम भट्टराई,मनिराम बस्नेत,बसन्त प्रसाद भुसाल,युवराज पौडेल,छबिलाल गिरि,बसन्त खनाल ,माधव खनाल ,धर्म राज पराजुली ,बिनोद खनाल,विजय खनाल,भेष राज पराजुली ,बिष्णु पोख्रेल,शुशिल क्षेत्री ,मनिराम भट्टराई ,कमल सुनार ,राजु भुसाल,लक्ष्मी बस्याल,लक्ष्मी रायमाझी रहेका छन भने अहिले सम्भव भएकाहरुलाइ मनोनीत गरेको र अन्य कुनै देश बाट सम्पर्कमा आएपछी अन्य सदस्यहरु मनोनयन गर्ने बताइएको छ ।
अधिबेशनले विभिन्न समन्वय समितिको पनि गठन गरेको छ जस्मा अन्तर्राष्ट्रिय समन्वय समिति संयोजकमा सुर्य थापालाइ जिम्मा दिइएको छ भने राष्ट्रिय समन्वय समितिको संयोजकहरुमा मध्यपुर्वमा कमल घिमिरे ,एसियामा राजु खनाल ,साउदी अरेबिया हरि कुवर ,कतार सन्तोष केशी ,युएई ईश्वर जंग थापा ,बहराइन अनमोल राक्से मगर ,मलेसिया राजु अधिकारी,दक्षिण कोरिया धर्म राज पराजुली ,इजरायल कमल प्रसाद भुसाल,भारत माधव खनाल ,जापान कमल नेपाली, संयुक्त राज्य अमेरीका अरुण पोख्रेल ,सोमल्याण्डमा शुसिल क्षेत्री रहेका छन भने अन्य कुनै देशमा अर्घेली भएमा सम्पर्कमा ल्याएर संस्थालाइ अझ मजबुत बनाएर लैजाने अवगत गराउदै यसै गरि मिडिया संयोजकमा सहयोगी बिसि ,हरि प्रसाद भुसाल र उमाकान्त पान्डेलाइ लाइ जिम्मा दिएको छ ।
जिल्ला र समाजलाइ परिवर्तन गर्न केहि गर्नुपर्छ भन्ने जोस जागर सहितको अधिबेशनले संरक्षकमा राजु खड्का प्रवक्तामा भुवन केशि प्रमुख सल्लाहकारमा युवराज केशीलाइ चयन गर्दैअधिबेशन सम्पन्न गरेको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend