logo
  • शनिबार, असोज १० २०८३

इस्मा गाउँपालिका जनप्रतिनिधीलाई बधाई तथा सम्मान


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल, गुल्मी साउन १५ ।
नेकपा एमाले इस्मा गाउँपालिका–रुपन्देहि सम्पर्क कमिटीले बधाई तथा सम्मान कार्यक्रम वुटवलमा सम्पन्न गरेको छ । असार १४ गते सम्पन्न स्थानीय निकायका चुनावमा निर्वाचित गाउँपालिका प्रमुख/उपप्रमुख सहित सवै वडाध्यक्ष र गाउँकार्यपालिकाका सदस्यहरुलाई सम्मान गरिएको हो ।
सोहि अवसरमा चुनावमा सहयोग गर्ने बिशेष सहयागीहरुलाई पनि सम्मान गरिएको सम्पर्क कमिटीका सचिव दुर्गा अर्यालले बताए । कार्यक्रममा सवै सम्मानित जनप्रतिनिधहरुलाई कार्यक्रमका प्रमुख अतिथी समेत रहेका एमाले सचिव तथा सांसद गोकर्ण बिष्टले शुभकामना तथा निर्देशन दिएका छन् ।
कार्यक्रमलाई संबोधन गर्दै गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट, उपप्रमुख बिमला केशी, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा इस्मा गाउँकार्यपालिका सदस्य लक्ष्मण पराजुली, जिल्ला सदस्य इस्मा गाउँकार्यपालिका सदस्य नारायण पैयानी, वडा नं २ का वडाध्यक्ष टिका रेश्मी, ३ का तोयनाथ सापकोटा, ४ का गनुप्रसाद अधिकारी, ५ का कलानिधी भण्डारी र वडा नं ६ का वडाध्यक्ष हिरा जिसीले जनताले प्रत्यक्ष महसुस गर्ने गरि काम गर्ने प्रतिबद्धता राखेका थिए ।

साथै उनीहरुले निर्वाचनमा जस्तै अबको दिनमा पनि रचनात्मक सहयोगको अपेक्षा व्यक्त गरे । साथै निर्वाचित सवै जनप्रतिनिधीहरुले आफुहरुको बिजयसंग वुटवल र काठमाण्डौमा बस्ने इस्मालीहरुको महत्वपुर्ण भुमिका रहेको बताएका थिए । नेकपा एमाले इस्मा गाउँपालिका–रुपन्देहि सम्पर्क कमिटीका अध्यक्ष रेशम महतले आफ्नो कर्तव्य र भुमिका जिम्मेवारीका साथ पुरा गरेको बताए ।

आफुहरु सधै इस्मा र जनप्रतिनिधीकै पक्षमा रहने भएकाले ढुक्कका साथ नमुना इस्मा गाउँपालिका बनाउनुपर्नेमा कुवरले जोड दिए । कार्यक्रम अध्यक्ष कुवंरको अध्यक्षता, नेता बिष्टको प्रमुख आतिथ्यता तथा सम्पर्क कमिटीका सचिव दुर्गा अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा उपाध्यक्ष गीता क्षेत्रीले स्वागत तथा कोषाध्यक्ष हरि प्रसाद पैयानीले धन्यबाद मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend