logo
  • शनिबार, भाद्र २० २०८३

मेरो देश र त्यो देशको “आकाशे पुल”


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

-मनिकला महतारा ।

                              मनिकला महतारा ।

आकाशे पुल भनेको के हो ? कस्तो हुन्छ ? नाम नै आकाशे पुल भनेपछी त पक्कै आकाश मै हुदो होला ? पक्की हुदो होला या कच्ची हुदो होला भन्नी धारणा काठमाडौं आएपछी बद्लिए ।

सानोमा स्कुल पढ्दा धेरै पटक आकाशे पुलको चर्चा सुनेको थिए । अनि के साच्चै नै किताबमा लेखे जस्तै होला र आकाशे पुल भन्ने मनमा अनेकौं प्रश्नहरु आउन्थे । आउनु पनि स्वाभाविकै थियोे । एउटा सानो र भौगोलिक विकटताले भरिपुर्ण गाउँ जहाँ प्राविधि, विज्ञान र विकासको टाढा टाढासम्म पनि कुनै सम्बन्ध छैन ।

जहाँ आज पनि १९ औ शताब्दी जस्तै उनै पुराना रुढीबादी परम्परा, पितृसत्तात्मकले जक्डिएको समाज, छुवाछूत जस्तो कुप्रथा, छोरा प्रतिको आकर्षण, छोरी अर्कोको घर जाने जात भन्ने जस्ता कुरितीहरु पुराना पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गर्दै आइ रहेको समाजमा मैले आकाशे पुल प्रती तेस्तो धारणा बनाउनु नौलो होइन ।

साथै पश्चिमि सस्कृती प्रती पनि घोर विरोधी म पनि अनि मेरो समाज पनि । मेरो त केही पनि बिगारेका छैनन् तर यिनी मेरा अग्रजहरुको के बिगारेका होलान् जस्तो लग्थ्यो उनिहरुबाट पश्चिमिहरुको बारेमा सुनी रहदा मन खिन्न हुन्थ्यो कहिलेकाही त । किन यती धेरै घृणा गर्दा होलान् भन्नी मनमा अनेकौं प्रश्नहरु आउन्थे ।आकाशे पुलको जस्तै पश्चिमीहरु प्रति पनि तेस्तै कौतुलता थियो मेरो मनमा ।

अन्त्यता अचानक देश छोडन बाध्य भए अनि सिधा पश्चिमिहरुको बिचमा पुगे । उनीहरुको बिचमा बकुल्लाहरु बिचको हांस सम्झिए । सम्झनु पनि स्वभाविक नै थियो । फरक धर्म, फरक संस्कृति, फरक रहनसहन, फरक भाषा र फरक सोच यत्ती धेरै दुरिहरु थिए उनिहरु र म बिच । म तेस्तो समाजबाट आएको उनिहरु बिच आफ्नो अस्तित्व खोज्नु भनेको एकदम कठिन कार्य थियोे ।

आज करिब तीनवर्ष हुन लाग्यो उनीहरुसङ्ग बस्न थालेको, पत्तो नै भएन कति छिटो बित्यो समय पनि । तर आज यी पश्चिमिहरु प्रती मेरो मनमा कुनै तेस्तो घृणा छैन ।आज म यिनीहरु प्रती धन्यवादात्मक छु । यिनिहरुले मलाई केही न सिकाए पनि यिनिहरुबाट धेरै कुराहरू जान्ने अवसर पाए ।

यिनिहरु प्रतीको आफ्नो नकारात्मक सोच सम्झदा पनि आफुलाइ शरमले झुकेको महसुस हुन्छ कहिले काही त । साच्चै भन्नू पर्दा यिनिहरु र हामीहरु बिच कोसौ दुरि छ र फरक पनि । मेरो देशको स्थिती र यिनिहरुको देशको स्थिती देख्दा लाग्छ कि हामिहरुले यिनिहरुको अनुसरण गर्नु नितान्त आवश्यक छ । देशको उन्नति र प्रगतिको लागि भएपनि देखा सिकी गर्नै पर्छ ।

देखासिकी भनेर फेरि उनीहरुको जस्तो चालचलन, उनिहरु जस्तै धर्मसस्कृती, उनिहरु जस्तै विलासितापूर्ण जीवन शैली होइन बल्की उनीहरु जस्तै अवसरमा अवसर खोज्ने, मिनेट मिनेटमा नयाँ नयाँ प्रविधिहरुको आविष्कार, खराबलाई राम्रो बनाउने, राम्रोलाई अझ राम्रो बनाउने प्रयास, समय प्रती सतर्कता, कामलाइ सानो ठुलो न सम्झी राम्रो ढंगले सम्पन्न गर्ने, हरेक काममा आफ्नो नेतृत्वको राम्रो छाप छोडने, आफ्नो कामको पूरा जिम्मेवारी उठाउने, अनुशासन लगनशीलता जस्ता व्यहारहरु सिक्नु हामी नेपालीले अत्यन्त जरुरी छ ।

आफ्नो लागि पनि देशको लागि पनि । मैले सधै आफ्नो समाजबाट सानालाइ माया गर ठुलालाइ आदर गर भन्नी सिके तर आज यिनीहरु बिच आउदा थाहा पाए कि सानालाइ माया गर्दा आदर छुट्टने रैछ अनि ठुलालाइ आदर गर्दा माया छुटदो रैछ यहाँ माया र आदर दुबैलाइ बराबरीमा दिन्छ ।

मेरो देश त भौगोलिक रुपमा त विभाजित त छ्दै छ अझ त्यसमा पनि २ वर्गमा बाडे्का छौ एक धनी वर्ग एक गरिब वर्ग, एक पुरुष वर्ग एक महिला वर्ग, एक बाहुन क्षेत्री वर्ग एक दलित वर्ग, एक टाठाबाठाहरुको वर्ग एक हुत्तिहाराहरुको वर्ग यति मात्रै कहाँ हो र अझ कति छन कति यस्ता छुट्टाइ सक्नु छैन ।

तर यहाँ मेरो देश जस्तै कुनै वर्ग विभाजित छैन ,यहाँ यी सबै वर्ग एक समान छन ।यहाँ# मेरो देशमा जस्तै कसैले कसैलाई हेप्ने, दबाउने प्रवृति मैले देखिन्न यहाँ यी सबै एकअर्कोमा परिपुरक छन् । एक अर्को प्रती धन्यवादत्मक छन । सबैको एक अर्को प्रती सकारात्मक सोच छ ।

यहाँ मेरो देशमा जस्तै दिनभरि काम गरेर बेलुका भोकै बस्नु पर्दैन । यहाँ गरिब गरिबिमा जन्मिएर गरिबि मै मर्दैन । मेरो देशमा जस्तै यहाँ प्रत्येक दिन १५ सयको हाराहारीमा देश छोडने युवाहरू उत्पादन गरिदैनन । यहाँ प्रत्येक दिन हजारौ लाखौंको संख्यामा आफू र आफ्नो देशलाइ सफलताको हरेक उचाईसम्म पुर्याउने युवाहरू तयार हुन्छ्न ।

मेरो देशमा भने देशको जिवनस्तर माथी उठाउनु त परै जाओस् आफ्नो जिबनस्तर समेत माथी उठाउने क्षमता पनि नष्ट हुन्छ । मेरो देशले त केही मात्रामा सरकारी कर्मचारी केही मात्रामा राजनितीज्ञहरु अनि बाकी रहेका विकल्प विदेश रोज्ने म जस्तै ।

कयौं युवाहरू आफुभित्र आफू र आफ्नो देश बनाउने प्रशस्त योग्यता र क्षमता हुदाहुदै पनि आफ्नो योग्यता र क्षमतालाई विकासित देशहरुमा कम मुल्यमा बेचिरहेका छन ।अझै पनि यो लहर सक्किने कुनै संभावना त देखिदैन । तर यी पश्चिमिहरुले आफ्ना देशका युवालाई आफ्नै देशमा राखेका छन।के पश्चिमिहरु हामी जस्तै मान्छे होइनन् र ?

यदि हुन् भने हामीसंगै मानव इतिहास सुरु गरेर यिनिहरु हामी भन्दा यति भिन्न किन??हिजो अणु र परमाणु बमले ध्वस्त पारेका यी पश्चिमि सहर हिरोसिमा र नागासाकी यहाँ अबका हजारौं वर्षपछि पनि मानव अस्थित्व नरहने भनिएका ठाँउलाई आज यिनै पश्चिमिहरुले आफ्नो अर्थक मिहेनत र परिश्रमले विश्व सामु एक शक्तिशाली र विकासित देश बनाएर खडा गरे ।

त्यस्तो मरुभूमिमय ठाँउलाई विश्वकै हेर्न लायक सुन्दर बगैंचा बनाइ छाडे । पत्थरलाई पनि हिरा बनाउन्छन आफ्नो कठोर मिहेनत र परिश्रमले यी पश्चिमिहरु । तर हामी हिरालाइ पत्थर बनाउन पनि धेरै समय लगाउदैनौ । तेस्तै राजनीतिक सन्दर्भमा पनि यिनिहरु र हामिबिच धेरै फरक पाए । गत महिना दशै जस्तै देशै भरी चुनाव मनाइयो ।

चुनाव आउनु भन्दा ३/४ महिना अघि देखि नै गाउँ गाउँमा प्रचारप्रसार सुरु गरियो।कति ठाँउ पैसा रक्सी र मासुले जन्ताका भोट पनि किनियो । भोलि देश बनाउने युवा र विद्यार्थीहरुको भविस्यलाई खेलवाड गरि विद्यालयलाई केन्द्रबिन्दु बनाइयो सभा समारोह, बैठक, चुनावी छ्लफल, विजयी जुलुस मनाइयो । वर्ष ६ देखि वर्ष १०८ सम्मका लागि अब कहिले पनि चुनाव न आउने झै गरि राजनीति लाग्यो ।

कहिँ राजनितीले वर्षौ देखिका सम्बन्धहरु चिसिए । कहिँ घरभित्रै लडाइँ झगडा र त कहि हत्याकाण्डका समेत घटनाहरू विभिन्न संचार माध्यमबाट सुनियो चुनाव भन्दा बढी महाभारतको युद्ध लाग्थ्यो आपसमा भाइहरु लडेको देख्दा । म पनि अछुत कहाँ रहन्थे र म पनि राजनितिलाइ लिइ दुइ चार शब्दहरु बोले पनि लेखे पनि तर यिनिहरुको राजनीति भने फरक देखे मैले ।

चुनाव आउनु २/३ दिन अघि सञ्चारमाध्यमबाट जानकारी दियो म त नेपाली दशै र महाभारत जस्तै चुनाव मनाउने मान्छे पहिला त अक्क्मक्क भए । चुनावको दिनमा पनि ९९%मान्छे सदा जस्तै आफ्नै काममा व्यस्त देखे । जम्मा पन्ध्र मिनेटमै चुनाव सकियो ।अनि ठिक अर्को दिन तेहि समयमा नतिजा पनि आयो तर मेरो देशमा जसतै चुनाव सकिएको महिनौं सम्म जसतै विजयी जुलुस देखिन मेरो लागि यो विषय धेरै अनौठो थियो । र हुनु पनि स्भविकै थियो ।

अन्त्यमा मेरो आकाशे पुल र पश्चिमिहरु प्रतीको कल्पना, अनुभव र भोगाइ तिनै भाग अनौठा र अर्थपुर्ण रह्यो । म जस्तै तपाईंहरुमा पनि यस्तै जिज्ञासाहरु होलान् । जिज्ञासाहरु मेटाउनु जरुरी छ । म त सोच्ने गर्छु कि प्रत्येक नेपाली देश छाडि यी पश्चिमिहरुको बिचमा रहनुस, सकारात्मक पक्ष अनुसरण गर्नुस । हामी जस्तै यिनिहरुले पनि आफ्नो मानव जिबनको सुरुवात ढुंगे युगबाट नै गरेका हुन।

तर फरक यति मात्रै रहेयो कि यिनिहरु आफ्नो सोचलाइ विस्तार गरि व्यहारमा उतारि आज डिजिटल युगमा प्रवेश गरे ।हामी ढुंगे युगबाट अलिकति मात्रै मथि उठेयौ। यिनिहरु आफ्नो प्रतिभालाई चितुवाको दौड जस्तै अघि बड्दै छन । हामी कछुवाको भन्दा पनि कम चाल र तालमा छौँ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend