logo
  • शनिबार, असोज १० २०८३

काजक्रियाका लागि सहयोग उठाईने, रक्सी–मासु खाए हजार तिराईने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी साउन १५ ।
दलित समुदायका नागरिकको मृत्यु संस्कारमा रहेका कुरीति हटाउने बाग्लुङ्ग जिल्लाको निर्णय घोसाखानी दलित सन्जालले गरेको छ । ढोरपाटन नगरपालिका वडा नं–३ साबिक बुर्तिवाङ गाविसको घोसामा रहेको स्वतन्त्र दलित सञ्जालको टोल भेलाले यस अघि दलित समुदायमा मृत्यु संस्कार, काजक्रियामा परम्परादेखी चलिआएका केहि नराम्रा चलन , कुरीतिहरु हटाउने निर्णय गर्दै त्यहाँ स्थित बलजनी सुनारको मृत्युपछि पहिलोपटक कार्यान्वयनमा समेत ल्याइईको अध्यक्ष नरबहादुर सुनारले बताए ।

करेन्ट लागेर मृत्यु भएकी सुनारको काजक्रियामा सञ्जालले गरेको निर्णयलाई गाउँवासीले पालना गर्दै ५७ हजार नगद सहयोग संकलन गरेका छन् । यस अघि दलित समुदायमा कसैको मृत्यु हुँदा शवमा पैसाको माला लगाउने, छोरी चेलीहरुले कपडा ओढाउने, जाड रक्सी खाने, पशु बली चढाउने, खानामा मासु भात प्रयोग गर्ने जस्ता पुराना कुसंस्कार थिए हटाउने निर्णय गरिएको छ ।

उक्त निर्णय पालना नगरे सञ्जालले १० हजार सम्मको जरिवाना गर्ने निर्णय समेत गरेको छ । त्यस स्थानका दलित समुदायको घरपरिवारमा हुने काजक्रियामा प्रत्येक घरधुरीले सहयोग स्वरुप २ सय ५० नगद संकलन गर्ने निर्णय गरिएकोले विभिन्न परिवारलाई साहुको व्याजमा पर्न नपर्ने सञ्जालको ठम्याईछ ।

सञ्जालले चाड पर्व पनि भड्कीले नबनाउने र दलित समुदयमा हुने फजुल खर्चको खोजी गर्दै त्यसलाई हटाउँदै लगिने पनि सञ्जालका अध्यक्ष सुनारले बताए । यता गुल्मी स्थित साविकको बडागाउँमा खड्गथोकी थरका बिश्वकर्माहरुले नगद र प्रतिघरधुरी एक एक पाथी चामल समेत काजकिरियामा रहेको परिवारलाई दिदै आई रहेको झण्डै १५ वर्ष हुन लागेको त्यहाँस्थित दलित अगुवा गोमबहादुर सुनारले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend