साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
रोल्पालिको एकता आजको आवश्यकता भन्ने मुल नाराका साथमा मध्यपुर्वी खाडिमुलुक कतारमा रहेको रोल्पालीहरुको साझा सस्था रोल्पा जलजला सेवा समाज कतारको आठौं अधिवेशन तथा सम्मान कार्यक्रम कतारको सनैया स्थित रोटना रेष्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष बसन्त थापाको सभापतित्वमा सम्पन्न भएको छ ।
कार्यक्रममा गैर अावासिय नेपाली संघ, राष्ट्रिय समन्बय परिषद कतारका अध्यक्ष बिनेश तामाङ प्रमुख अतिथी रहनु भएको थियो । तेस्तै कार्यक्रममा समाजका सस्थापक तथा संयोजक सुर्य बहादुर बिक, सस्थापक चेतमान रोका, नेपाली जनसम्पर्क समिति कतारका कमल अर्याल, नेपाली जनप्रगतिसिल मन्चका सचीव राजेश वलि, कतार नेपाली एकता समाज महासचिव खेम बुढा, दाङ देउखुरी सेवा समाजका अध्यक्ष बसन्त राज पुरी, प्युठान सेवा समाजका वरिष्ठ उपाध्यक्ष बलदेव राना, अर्घाखाँची सेवा समाजका महासचिव टेकराज थापा, गुल्मी सेवा समाजका कोषाध्यक्ष मित्र वि एस, नेपाली महिला समाज कतारका प्रथम उपाध्यक्ष अमिना खान, गोर्खा सेवा समाजका ओम गुरुङ, काभ्रे सेवा समाजका रमेश सापकोटा, लमजुङ सेवा समाजका अध्यक्ष बिष्णुलाल श्रेष्ठ, मोरङ सुनसरी सेवा समाजका उपाध्यक्ष चिरञ्जीवी तिमिल्सिना विशेष अतिथी रहेका थिए ।
त्यसैगरी धनकुटा प्रवासी सेवा समाजका कुमार सुवेदी, संघिय लिम्बुवान सामाजिक मंच कतारका अध्यक्ष नरेन्द्र लिम्बु, दलित एकता संजालका याम रसाइली, तनहुँ सेवा समाज कतार अध्यक्ष पदम बहादुर बिस्वकर्मा, बागलुङ सेवा समाजका उपाध्यक्ष सागर पौडेल, मोना कतारका अध्यक्ष रमेश पौडेल, पाल्पा सेवा समाजका सचीव दुर्गा अधिकारि, समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष डिल्लीराम भट्टराई, कास्की आदर्श सेवा समाजका सह सचीव जीवन कुमार सुनार, बुद्धभूमि कपिलवस्तु सेवा समाजका न्याङन सिङ, स्याङ्जा सहयोग समाजका उपाध्यक्ष घनश्याम अर्याल, नेपाल मगर संघ शाखा कतारका अध्यक्ष शेर बहादुर रोका, साझा नेटवर्क सम्पादक कुमार अविरल पन्थी, राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकका पत्रकार दिल रानाभाट लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरु अतिथी रहेका थिए । तेस्तै कार्यक्रममा रोल्पाली तथा गैर रोल्पालीहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
राष्ट्रिय गान, सहिदहरुको सम्झनामा एक मिनट मौन धारण सहित विधिवत रुपमा उद्घाटन गरिएको कार्यक्रममा ब्यानर अनावरण तथा दिप प्रज्वलन गरिएको थियो । तेस्तै कार्यक्रममा शिव बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए । समाजको पृष्ठभुमिको बारेमा सामाजका संयोजक सुर्य बहादुर बिकले प्रष्ट पारेका थिए । समाजका सचीव देब पुनले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आमिना खान, चिरञ्जीवी तिमिल्सिना, रमेश सापकोटा, बिष्णु लाल श्रेष्ठ, बलदेव राना, गणेश बहादुर तिरुवा, राजेश वलि, खिम बुढालगायतका विभिन्न वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले समाजले गरेको क्रियाकलाप माथी सफलता रहेको र आउँदा दिनहरुमा थप नंया जोस जागर बढोस् नयाँ बन्ने कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए।
रोल्पालीको र हाम्रो सम्बन्ध सुमधुर गाढा हुने समेत बताएका थिए त्यस्तै कार्यक्रममा लोक गाएक बलबिक्रम थापा, बिमल सेन्चुरी जीवन बिसि, सागर क्षेत्री लोक गायिका कमला गुरुङ निकै मिठो गित प्रस्तुति राखेर दर्शकलाइ रमाइलो पनको आभाश दिलाएका थिए। त्यस्तै निर्त्यमा भगवती बस्याल रितु तामाङले प्रस्तुति गरेका थिए। समाजको तर्फबाट सस्थापक तथा पुर्व अध्यक्ष चेतमान रोका सल्लाहकार छवि गुरुङले पनि समाजको बारेमा प्रष्ट पारेका थिए।
अधिवेसनले शिव बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । जसमा प्रथम उपाध्यक्ष चोम बिष्ट द्वितीयत उपाध्यक्ष धिरेन्द्र डाङी,महासचिव देबराज पुन,सचिव जीवन खड्का, कोषाध्यक्ष शिवलाल केसि, सहकोषाध्यक्ष नबराज पुन, सदस्यहरुमा अनिल खड्का, कृष्ण घर्तीमगर, टोप बहादु खड्का, खुम बहादुर गोसाइ, दल बहादुर डाङी, दिपक कुवर ,नरेश बिक, पुर्ण बहादुर बिष्ट, हुकुम पुन, सोमलाल बिष्ट, कल्याण थापा, कुल बहादुर खड्का, नन्दलाल केसि, नरेश बिक, तिलक बिक, सुरेश बिक लगाएत रहेको छ । र सदस्यताहरुको लागि थप गर्न सकिने व्यवस्था रहेको छ ।
त्यस्तै सल्लाहकारको लागि बसन्त थापाको संयोजकत्वमा नयाँ सल्लाहकार समिति गठन गरेको छ । जसमा सुर्य बहादुर बिक,चेतमान रोका,छवि गुरुङ, दिल रोका, दिल नेपाली, गोपाल केसि,बलराम जैसी, एकराज सुवेदी र रुद्र प्रसाद, केशव बुढाथोकी भने कार्यक्रम बाटै समाजको निम्ति सहयोग साथ दिने क्रियासिल सदस्यहरुलाइ सम्मान तथा कदर पत्रले सम्मान गरिएको थियो।
कार्यक्रम अन्त्य तिर प्रमुख अथिती बिनेश तामाङले समाज को कार्यक्रम लाई सफलता पुर्वक सभ्य एवं भभ्य रूपमा सम्पन्न भएको बताउदै नयाँ कार्यसमिति लाई हार्दिक बधाई तथा कार्य कुशलताको कामना गर्नु भएको थियो भने कतारको समसामयिक बिषयमा कतारमा कार्यरत सम्पुर्णमा नेपाली दाजुभाइ दिदिबहिनीहरुमा सन्देश मुलुक जानकारी समेत गर्नु भएको थियो।
सभापति बसन्त थापाले कार्यक्रममा उपस्थित भएर सहयोग साथ दिनुभएको मा सम्पुर्णलाई धन्यवाद साथै कार्यक्रम सभ्य भभ्य रूपमा सम्पन्न भएको र आउदा दिन मा थप यसरी सहयोग गरिदिनहुने समेत अवगत गराउदै समापन गरेका थिए।














© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend