साझा नेटवर्क
साझा नेटवर्क, बुटवल साउन १४ ।
पछिल्लो समयमा चर्चामा आएको तीज कोशेली “नमुना जोडी”को बास्तबिक कुरा निर्माण पक्षले सार्बजनिक गरेको छ । शितल शर्माको पनि जहाजले दर्शकको राम्रो साथ् पाए संगै आफु सांगीतिक छेत्रमा अझै चासो दिएर लागेको बताउने शितल शर्माको तीज कोशेली “नमुना जोडी ” केहि दिन पहिले मात्रै सार्बजनिक भएको हो ।
बिन्ध्यबासिनी म्युजिकले बजार ब्यबस्थापन गरेको गीतको भिडियो बुटवलमा अविरल फिल्मस्ले निर्माण गरेको हो , भिडियो सार्बजनिक संगै दर्शकले राम्रो प्रतिक्रिया दिएको निर्माण पक्षले बताउछ । यो भिडियोमा नृत्य गर्ने बिनिता साहीको बास्तबिकता अहिले मात्रै सार्बजनिक भएको छ ।
बिनिता साही सारी लगाएर महिलाको भेषमा नृत्य गरेको यो भिडियोमा देख्न सकिन्छ , उनि तेस्रो लिंगीहुन् । बिनिता बुटवल तथा पश्चिमांचल क्षेत्रकी राम्रो डान्सर समेत हुन्,त्यो पनि अत्यधिक महँगो डान्सर ।
स्टेज या अन्य सांगीतिक शोहरुमा उनलाई महँगो रकम खर्चेर लैजानेहरुको कमि हुदैन साथै नमुना जोडी उनको डेब्यु भिडियो समेत हो जुन भिडियोलाई निर्देशक बिष्णु भात्तरैले निर्देशन गरेकाछन ।
बिनिता लाइ आफु तेस्रो लिंगी भएकोमा कुनै संकोच छैन उनि निर्धक्क महिलाको भेष भुषामा हिड्न रुचाउछन । झट्ट हेर्दा नेपाली सिने जगतमा अभिनय गर्ने हेरोइन भन्दा कम देखिन्नन् उनि , साथै आफ्नो यो पहिलो भिडियो भएकोले पनि मिडियाले आफुलाई प्रचार प्रसारमा सहयोग गरेर अघि बढाए हुन्थियो भन्ने उनको भनाइ छ ।
शितल शर्मा र पुरुस्सोतम गैरेको स्वर, पुरुसोत्तम गैरेको लय तथा राजेन्द्र भण्डारीको शब्द रहेको गीतमा बिष्णु भट्टराईको निर्देशन सम्पादन तथा छायांकन रहेको छ भने सगुन शर्माको श्रीन्गार रहेको छ । साथै बिनिता साही, राज केसी, मिनुज़ र शितल को अभिनय रहेको भिडियोमा मिनुज़ रानाको कोरियोग्राफी रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend