logo
  • शनिबार, साउन ३० २०८३

मोडलिङमा ब्यस्त बन्दै मोडल तथा संचारकर्मी रन्जित पौडेल


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुर्य चन्द, काठमाडौँ साउन १४ ।
मोडल तथा संचारकर्मी रन्जित पौडेल पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त बन्दै आएका छन । छोटो समयमा नै दर्शक श्रोताहरुको मन जित्न सफल मोडल रन्जित अहिले सबैको रोजाईमा पर्दै आएका चल्तीका मोडल हुन ।
सर्लाहीका स्थाई बासिन्दा मोडल तथा संचारकर्मी रन्जित पौडेल बिगत केहि बर्ष देखि काठमाडौँलाइ कर्मथलो बनाएर संचार क्षेत्र तथा मोडलिङ क्षेत्रमा स्थापित हुदै आएका मोडल तथा संचारकर्मी हुन । सानै उमेर देखि कला तथा संचार क्षेत्रमा काम गर्दै आएका मोडल रन्जित पौडेल एक बहु प्रतिभाका धनि कलाकारको रुपमा परिचित छन ।

बिगत ४ बर्षदेखि टेलिभिजनमा भिजे तथा प्रोडुसरको भूमिका निर्बाह गर्दै आएका संचारकर्मी तथा मोडल रन्जित ईण्डियामा समेत गएर अभिनयको क्लास लिएर आइ सिने नगरीमा आफुलाई अब्बल साबित गर्दैछन । नेपालको राष्ट्रिय नाच घरबाट समेत अभिनय क्षेत्रमा प्रशिक्षण लिएका रन्जितले लामो समय देखि विभिन्न टेलिभिजन तथा रेडियोमा आर्जे भिजेको काम गर्दै आएका छन ।

दुइ दर्जन भन्दा बेसी म्युजिक भिडियोमा सफल अभिनय गरेर आफ्नो कला प्रस्तुत गरि सकेका रन्जित हेर्दा पनि त्यतिकै आकर्षण छन । हसिलो मुहार, चक्लेटी अनुहार भएका रन्जित अभिनय, नृत्यमा समेत पोख्त छन ।

म्युजिक भिडियो तथा चलचित्र निर्माता निर्देशकको रोजाइमा पर्दै आएका मोडल रन्जितलाइ चलचित्रबाट पनि अफर आएको तर आफुलाई कथा मन नपरेर छोडेको उनि बताउछन । भविष्यमा एक अब्बल कलाकार बनेर चलचित्र तथा सिने नगरीमा आफुलाई परिचित गराउने उदेश्यका साथ अघि बढेका मोडल रन्जित पौडेल एक सफल संचारकर्मीको रुपमा पनि चर्चित नाम हो ।

ब्यबसायिक मोडल तथा संचारकर्मीको रुपमा आफुलाई अघि बढाउने सोच लिएर मेहनत गर्दै गरेका रन्जित आफुलाई समय अनुसार बदल्दै दर्शक श्रोताहरुको माग अनुसार आफ्नो कलाकारितालाइ पनि उत्कृष्ट बनाउने सोच लिएर संचार तथा मोडलिङ क्षेत्रमा लागेको उनि बताउछन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend