logo
  • सोमबार, असोज १२ २०८३

 यसरी प्रकट हुन्छ तम्घास वजार भित्रै रातमा भुत–प्रेत 


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

प्रेम सुनार,गुल्मी साउन १२ ।
बुढा पुरानाले भन्ने गरेको र कतिपय अहिलेका पिढिहरुले पनि रातको समयमा देख्ने गरेको भुत–प्रेतको दृश्य गए राती सदरमुकाम तम्घास बजार भित्रै क्यामरामा कैद गरिएको छ । रातको सवा एक वजेको थियो । तम्घसको पुतली वजारमा अर्घाखाँची जिपपार्कबाट सोही स्थानका व्यवसायी नेत्र पाण्डे , उनका भतिजा राजु पाण्डे र नयाँगाउँका मदन खत्री लगायतको टोली आउँदै थियो । पुतली बजारको भानु चोकमा एक्कासी सेतो वस्त्रमा धेरै बेर सम सेतो वस्त्रधारी भुत प्रेत मानै उभिई रह्यो ।
एक जना मदन खत्री डराएर त्यही ढले । हो हल्ला भयो । केहि वेरपछि त्यो दृश्य विलिन भयो ।  भर्खर विवाह भएकी महिला ,  माया प्रेम गर्दा गर्दै मृत्यु भएकी युवती , निकै कलेस साँध्धा साँध्दै प्राण पखेरु गुमाएकी वा सुत्केरी हुँदा हुँदै मृत्यु भएकी महिला किच्केनी बन्छन भन्न अझै पनि घाउँघरमा जनविश्वास छ ।
सेतो पहिरनमा ठुलो पेट , खुट्टा देखिन्नन् । मुहारको थोरै भाग देखिने जुन सेतो कपडा छ त्यो यहाँको मानव प्रयोगमा देखिदैन । तम्घासमा २०२२ साल देखि बस्दै आईरहेका  समाज सेवी ६८ वर्षिय नन्दराम भुसालका अनुसार पुतली वजारको शिवशक्ति सिनेमा हल देखि अर्घाखाँची जिपपार्क सम्म त्यति वेला सम्म मशानघाट थियो । सिस्नो, बाँस लगायत ठुलो झाडी पनि थियो ।
भुसालले भने–‘मैले स्कुल बढ्ने बेला सम्म त्यो स्थान मशानघाट थियो र ठुलो झाडी पनि थियो ।’ त्यस कारणले पनि त्यस वरवर भुत प्रेतले रातमा डराउन दिन सक्ने भएकोले रातको समयमा हिडडुल गर्दा ख्याल गर्नु पर्ने र आगो वा बेसार   साथमा लिनु पर्ने बुढापाकाहरुको सुझाव छ । हेरौं गएराती सवा एक वजेको  दृश्य

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend