logo
  • शनिबार, भाद्र २० २०८३

समाचारले जुराइदियो अशक्त आमा छोरालाई आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अनिश शर्मा गैरे, गुल्मी साउन ११।
मँगलबार साँझ सात बजेको सामुदायिक रेडियो पुष्पाञ्जलीले प्रशाण गरेको पुष्पाञ्जली खबर सुनेर मुसिकोट नगरपालीका ३ का दुइ अशक्त आमा छोराको लागि सहयोग प्राप्त भएको छ ।

हिजो मात्रै रेडियोले मुसिकोट नगरपालिका–३ बडागाउँ चौरका आमा ज्याङग्री थापा र छोरा केशबहादुरको अवस्थाको बारेमा समाचार प्रशारण गरेको थियो । उक्त समाचार सुनिसकेपछि वामीटक्सार निवासी शशीराम नेपालीले विलिभर्स चर्च वामीको नाममा सहयोग प्रदान गर्नुभएको छ ।

तिनै आमा छोराको कथाब्याथा सुनिसकेपछि रेडियो पुष्पाञ्जलीकै स्टुडियोमा आइ शशीराम नेपालीले बिलिभर्स चर्चको तर्फबाट सहयोग हस्तन्तरण गर्नुभएको हो ।

रेडियो पुष्पञ्जलीमा समाचार सुनेपछि उनीहरुको दुख प्रति दया लाग्यो, त्यसैले ७ हजार सहयोग गेको छु, नेपालीले भन्नुभयो । रेडियोको टोली मुसिकोटमा पुगी उनै परिवारलाइ सहयोग हस्तान्तरण गर्ने छ ।

आज दिउँसो १ बजे सो सहयोग हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । मुसिकोट ३ बडागाँउ भराहाका ६९ वर्षीय अपाँग आमालाइ ५१ वर्षका दृष्टिविहिन छोराले स्याहार सुस्याहार गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend