साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं साउन ११ ।
नेपाली सुगम संगीतमा आफुलाई अभिनयमा अब्बल बनाउदै आएका मोडल सनम कठायत अनि अन्जु चौलागाईको अभिनयमा रहेको नयाँ “शब्द एक, संगीत अनेक” रहेको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
निशान घिमिरेको सम्पादन रहेको भिडियोको गीतमा कलाकार नीर प्रसाद गुरुङले आफ्नो एकल शब्द तथा संगीतमा रहेको पृथक गीति संग्रह “जुनि” सार्बजनिक गरेका छन् । सार्बजनिक एल्बममा ४ गीत समाबेश भएका छन् ।
जुन गीतमा “शब्द एक, संगीत अनेक” रहेको छ । भने यसको शब्द भने एउटै “यो जुनिमा वाचुन्जेल सम्म तिम्रै मायाको हात चाहिन्छ । एकमुठी सास रहुन्जेल सम्म तिम्रै साथ चाहिन्छ, नै रहेको छ ।
उत्सब दाहालले छायांकन गरेको यस भिडियोको गीतमा प्रमोद खरेलको आवाज, बि बि अनुरागीको संगीत संयोजन, शुकुराम बिश्वकर्माको मिक्सिंग मास्टरिङ्ग रहेको छ ।
प्रकाश धितालको निर्देशमा तयार भएको भिडियो यो गीतमा “शब्द एक, संगीत अनेक” सहित ४ गीत मध्ये पहिलो यो गीतमा निरले एउटा पारिवारिक वातावरण लाई समेटेर बनाएको अनि आफ्नै निजी वास्तविक जिवनमा आधरित मीठो भावपन शब्दको गीत, संगीत लाई उनले अलक अलक धारमा संगीत भरेका हुन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend