साझा नेटवर्क
प्रेम सुनार, गुल्मी साउन ११ ।
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका– ७ बाट सञ्चालित दरमखोला लघु जलविद्युत् परियोजनाको ट्रान्समिटर जलेपछि विद्युत सेवा अवरुद्ध बनेको छ ।नगरपालिकाको वडा नं १ अन्तर्गत पौदीअमराइमा रहेको ट्रान्समिटर जलेपछि सो वडाका झण्डै २५० घरधुरीका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएकाछन् ।
ट्रान्समिटर मर्मत सम्भार गर्न लगिएको हुँदा ट्रान्समिटर बनेर आउन अझै एक हप्ता जति समय लाग्ने जलविद्युत् परियोजना सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए ।
जल विद्युत सुचारु नभएपछि पौदीअमराई क्षेत्रभित्र रहेका कलकारखाना,उद्योग धन्दा,मोवाइल फोन, कुटानी पिसानी, बिजुली बत्ती सञ्चारमाध्यमलगायत विद्युतीय यन्त्रसमेत ठप्प भएका छन् ।वर्षायामको समयमा पहिरोका कारण उक्त लघु जलविद्युत परियोजना वर्षेनी अवरुद्ध हुने समस्याबाट गुज्रिदै आएको छ ।
नव निर्वाचित मेयर सोमनाथ सापकोटाले कार्यभार सम्हालेको सय दिन भित्र मुसिकोट नगर उज्यालो बनाउने घोषणा गरिरहेका वेला बाढि पहिरोले भने चुनौती थपिदिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend