साझा नेटवर्क
साझा नेटवर्क, बुटवल साउन ११ ।
सांगीतिक कोशेली पानी जहाज देखि चर्चामा आएकी गायीका तथा उद्घोषक शितल शर्माले हरितालिका तीजको अवसर पारेर बजारमा तीज कोशेली नमुना जोडी सार्बजनिक गरेकी छिन ।
जुन भिडियोको निर्देशन छायांकन र सम्पादन बिष्णु भट्टराईले गरेका छन् ।आफ्नो जोडीलाई नमुना जोडी बनाउ भन्दै माया र विश्वासका शब्द हरुले भरिएको तीज कोशेली दर्शकको माझमा आएको छ।बुटवलकै कलाकार राज केसी , मिनुज़ राना मगर, शितल शर्मा र बिनिता शाहीले अभिनय गरेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ ।
बुटवलको चर्चित अम्रपालिमा छायांकन भएको भिडियो ले दर्शकको मन जित्ने निर्माण पक्ष्य बताउछ । राजेन्द्र भण्डारीको शब्द, पुरुसोतम गैरेको लय रहेको गीतमा शितल शर्मा र पुरुसोत्तम गैरेको स्वर रहेको छ।आजै मात्रै सार्बजनिक भएको नमुना जोडी हेर्न तलको लिंकमा क्लिक गर्नुहोस ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend