साझा नेटवर्क
बिमल खड्का, बागलुङ साउन ११।
बाग्लुङ जिल्लाको तमानखाेला गाउपालिकामा जनताद्वारा नवनिर्वाचित भई स्थानिय सरकारकाे संस्थापक अध्यक्ष हुन सफल हुनु भएकाेमां जाेकलाल बुढा मगरलाई एक कार्यक्रम बिच स्वागत तथा सम्मान गरिएकाे छ ।
सत्कर्म नेपालकाे कर्मचारिहरुकाे बार्षिक समीक्षा बैठककाे अवसरमां उक्त सम्मान गरियकाे थियाे । उहालाई खादा र सम्मानपत्र सहित सम्मान गरिएकाे थियाे ।
सम्मान कार्यक्रममा बाेल्दै सत्कर्म नेपालकाे निर्देशक एवं अभियन्ता सिताराम थापाले द्दन्द, शान्ति प्रकृया र संविधान निमाण पछि संघिय नेपालकाे स्थानिय तहकाे सरकारमां एक जनजाति युवा, समाजसेबि, राजनितिज्ञ तमानखाेला गाउपालिकाकाे प्रमुखमां जनता द्दवारा प्रत्यक्ष निर्वाचित भएकाेले र अाफ्नाे कार्यक्रम त्यस क्षेत्रमा पनि नियमित संयाेजनमा संचालन गरिदै अायकाेले बिगतकाे सहकर्मिलाई प्राेत्साहन गरि बिकासमां लाग्न संयाेजन तथा सम्मान गरिएकाे बताउनु भयाे।
साथै उहाले सत्कर्म नेपालले शान्ति स्थापना, संक्रमणकालिन न्याय प्रकृया, महिला तथा अल्पसंख्यक अधिकार, प्रजनन स्वास्थ्य, शिक्षा र एचअाईभि एड्समां प्रभाबकारि काम गरहेकाेले समीक्षामां जुटिरहेकाे बताउनु भयाे ।
तमानखाेला गाउपालिकाकाे प्रमुख जाेकलाल बुढा मगरले राजनितिक समाजिक अभियानमां सत्कर्म नेपाल र अामा मिलन केन्द्रले तमानखाेला गाउपालिकामां सनमाजिक क्षेत्रमां विभिन्न कार्यक्रमहरु जनस्तरमां गरिरहेकाे र अावाश्यकता पहिचान गरि भबिष्य मा पनि सहकार्य एवं संयाेजन गरि संघ संस्था बीच काम गर्ने बताउनु भयाे।
सत्कर्म नेपालका कार्यकारि निर्दशक सिताराम थापाकाे अध्यक्षता, अामा मिलन केन्द्रकाे अध्यक्ष ज्ञानीदेबि थापा मगरकाे स्वागत र कार्यक्रम अधिकृत श्री कृष्ण पाैडेलकाे संचालनमां कार्यक्रम सम्पन्न भयकाे थियाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend