logo
  • शनिबार, साउन ३० २०८३

गीत संगीत मेरो नशा बन्यो यसबाट टाढा रहन सक्दिन : गायिका कल्पना


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साँगितिक क्षेत्रमा लागिरहेकी र पछिल्लो समयमा चर्चा बटुल्दै गरेकी गायिका कल्पना कुशुमसंग सांगितिक क्षेत्रमा भए गरेका गतिविधिहरुलाई समेट्दै साझा नेटवर्कका लागी अनिल खत्रीले तयार पार्नु भएको यो कुराकानी ।

कल्पना जी स्वागत छ (साझा नेटवर्क डटकममा) यहाँलाई ।

हजुर धन्यवाद, एवम् साझा नेटवर्क डटकम लगअन गरेर बस्नुभएका सम्पूर्ण पाठकवर्गहरुमा नमस्कार !

आज भोलि के मा व्यस्त हुनुहुन्छ ?

यस्तै हो सधै झैँ स्कुल तथा कलेजमा पढाउछु खालि समयमा साँगितिक कार्यक्रमहरुमा जान्छु विशेष भन्नु पर्दा आफ्नै दैनिकीमा व्यस्त छु ।

तपाईको सांगीतीक यात्रा कसरी र कहाँबाट शुरु भयो ?

मेरो साँगितिक यात्रा २०७१ सालबाट सुरु भएको हो । मलाई संगीत सानैदेखि नै मन पर्दथ्यो पछि सङ्गीत कक्षा लिन थालेपछी झन मोहनी नै लगायो संगीतले । अहिले पनि निरन्तर सङ्गीत कक्षा लिईरहेकी छु ।

गायन क्षेत्रमा लागेर खुसी हुनुहुन्छ ? कस्ता खाले संगितमा बढी रुची राख्नुहुन्छ ?

गायन क्षेत्रमा लागेर धेरै खुसी छु । किनकि मलाई संगीतले बाच्न सिकायो, यसले थप उर्जा पनि दिएको छ । म खाली समयमा सधै संगितमै हुन्छु गितहरु गुनगुनाउन मनपर्छ । साथै म आधुनिक सगै लोक गीतमा बढी रुची छ, तर गाउन र सुन्न सबै किसिमका नेपाली गित सङ्गीत मन पर्छ ।

तपाईलाई अरुले कस्तो खालकी गायिका भनेर चिनिन्छ नि ?

हजुर मैले सन्देस मुलक गीतहरु बढी गाउने गर्छु । शब्द मन परेमा गाउछु जुन पायो त्यहि शब्द गाउन अप्ठ्यारो लाग्छ । गीत संगीतले फरम स्वाद फरक सन्देस दिनुपर्छ भन्ने सोच ममा सधै रहन्छ । त्यसैले सकरात्मक सोच सकरात्मक उर्जा प्रदान गर्ने गायिकाको रुपमा लिनुहुनुन्छ जस्तो लाग्छ ।

तपाईको पहिलो एल्बम कुन हो, र त्यसले कति चर्चा पायो बजारमा ?

मेरो पहिलो एल्वम भमरा हो । उक्त एल्बमले बजारमा राम्रै चर्चा पायो, समग्रमा भमरा एल्वम राम्रो रह्यो र मलाई साँगितिक यात्रामा अगाडी बढ्नका लागि प्रेरीत गरायो । त्यस पछी तीजमा लेहंगा लगाउछु नामक तिज गित निकाले त्यो गित निकै नै चर्चित भयो । सोहि गितले मलाई अवार्ड समेत जितायो । त्यपछी गतवर्षको तीजमा पनि शिवजीको दर्शन नामक तिज गित धेरैले मन पार्नु भयो र अहिले रानी चरी तिजगित निकालेको छु र यो गित पनि यतिखेर चर्चामा रहेको छ ।

आगामी दिनमा यस क्षेत्रमा तपाईको योजना के छ ?

म खास शिक्षा क्षेत्रको मान्छे हु शिक्षा संगै संगीतलाई पनि निरन्तरता दिदै आगामी दिनमा एउटा राम्रो कलाकार बन्ने लक्ष्यका साथ अगाडी बढी रहेकी छु । भविष्यमा कलाकार मात्र नभएर अन्य क्षेत्रमा पनि काम गर्ने योजनामा छु । गीत संगीत नशा हो म यसबाट अलग हुन सक्दीन् ।

तपाईको साँगितिक यात्रालाई तारिफ गर्ने र गाली गर्नेहरुका लागी के भन्नुहुन्छ ?

मलाई गायन क्षेत्रमा तारीफ र सपोर्ट गर्नुहुने आदरणीय दर्शक श्रोताहरुलाई हृदय देखि नै धन्यवाद दिन चाहान्छु । आगामी दिनमा निरन्तर माया, सहयोग र सल्लाह सुझावको अपेक्षा राख्दछु । साथै मलाई गाली गर्ने दर्शक श्रोताहरुको लागि तपाईहरु अझै गाली गर्नुहोस कुरा काट्दै जानुहोस तर म भने अझ बलियो बन्दै जान्छु हजुरहरूको गाली र नकारात्मक सोचाइले भन्न चाहान्छु ।

पढाई कहाँ सम्म पुराउनु भयो र यहाँसम्म आउने प्रेरणा कसरी मिल्यो ?

पढाईको सन्दर्भमा भन्नु पर्दा मैले मास्टर डिग्री सम्म अध्यन गरेकी छु । मेरो श्रीमानले संगीत कक्षामा भर्ना गरिदिनु भयो । ततपश्चात सङ्गीत क्षेत्र निरन्तर लागि रहेको छु । मलाई यहाँसम्म ल्याई पुराउने प्रेरणाको श्रोत नै मेरो श्रीमान र घर परिवारका सबै सदस्यहरुको महत्वपूर्ण भुमिका रहेको छ ।

विदेशका कार्यक्रमहरुमा कत्तिको अफर आउने गर्छ ?

यस क्षेत्रमा म अझै नयाँ नै भएकोले होला विदेशबाट त्यति कार्यक्रमका लागि अफर आउने गरेको छैन तर हामी तपाइलाई हाम्रो कार्यक्रममा बोलाउछौ भन्ने धेरै हुनुहुन्छ ।

अन्त्यमा दर्शक श्रोताहरुलाई के भन्न चाहनुहुन्छ ?

आदरणीय दर्शक श्रोताहरुले मैले बजारमा पस्किएका गितहरु सुनिदिनुहोस माया गरिदिनुहोस, राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनिदिहोस तपाईहरुको माया, सहयोग र सल्लाह सुझाव नै मेरो लागि थप हौसला हुनेछ भन्न चाहान्छु ।

साथै पाठक वर्गहरुलाई पनि सम्झन चाहान्छु, दैनिक रुपमा साझा नेटवर्क डटकम लगअन गरेर पलपलका खबरहरु पढ्न तथा हेर्न नभुल्नुहोला भन्न चाहान्छु । धन्यवाद !

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend