logo
  • शुक्रबार, असोज ९ २०८३

गायिका अर्यालको तिजगीत ‘चिरिच्याट्ट भई’ले चर्चा बटुल्दै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौं  साउन १०।
हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर गित बजारमा ल्याउने क्रम बढ्दो छ । गायक गायिका श्रस्टा/सर्जकहरुलाई यतिबेला भ्याई नभ्याई छ । यहि भिडमा गायिका रमा अर्यालको ‘चिरी च्याट्ट’ भई नामक तिजगित सार्वजनिक भए लगत्तै चर्चाको शिखरमा पुगेको छ ।
चर्चित संगीतकार दिपक शर्माको शब्द संगीतमा रहेको उक्त गित गायिका अर्यालको पहिलो तिज सांगीतिक कोशेली हो । यस अगाडी उनले गन्तब्य १ र गन्तब्य २ नामक एल्वम बजारमा निकाली सकेकी छिन । जुन गीतहरु निकै चर्चित भएका थिए ।

भर्खरै बजारमा आएको “चिरी च्याट्ट भई” भन्ने तिज गीतको अडियो तथा म्युजिक भिडियो एकै पटक सार्वजनिक भएको हो । भिडियोमा पछिल्लो समयकी ब्यस्त तथा चर्चित मोडल सिर्जना स्त्री (पौडेल)ले अभिनय गरेकी छिन ।

थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनले गत वर्ष सेल्फी २ मा पनि अभिनय गरेकी थिईन् । जुन भिडियो निकै चर्चित बनेको थियो । गीतमा उनको उत्कृस्ट अभिनय हेर्न सकिन्छ ।

चर्चित निर्देशक बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई बासु बरालले छायांकन गरेका छन् । त्यस्तै एरेन्ज सुदिप सागरले गरेका छन भने सम्पादन अनुप शिवाकोटीले गरेका छन । गितलाई कामना डिजिटल प्रा.लि ले बजारमा गराएको हो ।


हेरौ गीतको भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend