logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मेली समाज जापानद्वारा शोक वक्तव्य जारी, यसबर्ष तिजका कार्यक्रम नगर्ने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

संगीता कुँवर, जापान साउन १०।
गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारीका पिता मोतिलाल भण्डारीको श्रावण ७ गते भएको निधन प्रति गुल्मेली सेवा समाजले दुख व्यक्त गरेको छ । समाजसेवी सफल व्यवसायी भण्डारीका बुबाको दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै दुख व्यक्त गरेको हो ।

कार्यबाहक अध्यक्ष धुर्व बस्नेत तथा सचिव सुमन अर्याव द्वारा हस्ताक्षर गरिएको शोक बक्तव्य जारी गर्दै शोकलाई शक्तिमा बदल्ने शक्ति भगवानले प्रदान गरुन भन्दै कामना गरेको छ । केहिदिन अघि जापानमै गुल्मेली सेवा समाजका सल्लाहाकार भिमलाल खरेलको निधन प्रति पनि दुख व्यक्त गरेको छ ।

जापानमा समाजसेवीको राम्रो छवि बनाउनुभएका खरेलको निधन र समाजका अध्यक्षको परिवारमा परेको दुखको समयमा हरेक बर्ष गर्दै आएको तिजको कार्यक्रम नगर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend