logo
  • शनिबार, भाद्र २० २०८३

रोल्पा जलजला समाजको अधिवेसन तथा सम्मान कार्यक्रम अब २ दिन बाकी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

चोम बिष्ट, कतार ।
रोल्पालीको एकता आजको आवश्यकता भन्ने मुल नाराका साथमा रोल्पा अनि नेपाल देखी धेरै टाढा मध्य पूर्वी खाडि मुलुक कतारमा आउनु भएका रोल्पाली दाजुभाइ तथा दिदि बहिनीहरुमा कुनै पनि समस्या घटना आपत कालीन आइपर्दा यस सस्थामा आबद्ध हुनु भएका क्रियासिल तथा सामान्य साधारण सदस्य लिएको समाजको सुभ चिन्तक भएको अथवा समाज संग सम्बन्धि नभै आकस्मिक घटना घट्दा पहिलो जानकारी यस समाजलाई गरे लग्तै समाजको तर्फबाट केही सहयोग गर्न सकिन्छ ।
सजिलो हुन्छ छिटो छोटो समयमै आवश्यक सहयोग गर्न सक्छौ भन्ने उद्देशका साथमा हामिले २०६५ सालमा स्थापना गरेका हौ जुन सस्था हो, रोल्पा जलजला सेवा समाज कतार ।

समाजको सातौ बसन्त पार गरि आठौं बसन्तमा प्रवेश गर्दै छ समाज को आठौं अधिवेशन तथा सम्मान कार्यक्रम यही शुक्रबार अर्थात जुलाई २८ तारिख रोटना रेष्टुरेन्ट सभाहल सनैयामा हुने जानकारी यहाहरुलाइ अवगत नै छ ।

विभिन्न संघ सस्था,समाजसेवि,बुद्धिजीवी, कलाकार,पत्रकार, सबैलाई पत्राचार गरिसकेका छौ । कारणबस कुनै आधिकारिक जानकारी प्राप्त नभएमा यसै जानकारीलाई प्राथमिकता दिदै कतारमा कार्यरत रोल्पाली तथा गैर रोल्पाली दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थितीको लागि हार्दिक आव्हान गर्दछौ। साथै कार्यक्रम हुने दिन मात्रै २ दिन बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend