साझा नेटवर्क
लेख प्रसाद रोकाय ।

लेख प्रसाद रोकाय ।
सम्मानिय, पुर्ब प्रधानमन्त्री द्धय (पुष्प कमल दाहाल “प्रचण्ड” र बाबुराम भट्टराई) ज्यू साथै गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकरण’ ज्यू एकमुष्ट अभिवादन।
नेपालको राष्ट्रिय जनाबर गाईलाई हिन्दु धर्मअनुसार लक्ष्मीको रूपमा पुजिदै आएको छ। गाई लाई काटमार गर्न प्रतिबन्ध छ। गाई काट्नेलाई कानुनी कारबाही हुन्छ। तर पछिल्लो समयमा यस्तो घटना सृङ्खलाबद्ध रुपमा घट्दै आएका छन् । यसको दोषी को त ?
स्थानीय तहको दोस्रो चरणको चुनाबको माहोल चल्दै गर्दा गुल्मि जिल्ला रुरु गाउँ पालिका ५ का डम्बर बहादुर नेपालीले गाई काटेर भोज गर्न र सुत्केरीपोषण गर्न खोज्दा कार्बाही भयो। अहिले डम्बर बहादुर नेपाली र अर्का एक जना गरि दुई जनालाई हिरासतमा ल्याई कारबाही प्रक्रिया अघि बढाईएको छ ।
त्यो घटना सेलाउन नपाउदै पोखरा लेखनाथ महानगर पालिका २४ केरागाउँमा यस्तै घटना दोहोरिएको छ। गाई काट्ने राम बहादुर नेपाली, बद्रीका नेपाली ,पुतली नेपाली र कल्पना नेपालीलाई वडा प्रहरी कार्यलय बगरले पक्राउ गरि कारबाही प्रक्रिया अघि बढाएको छ।
तर हजारौं गाई काट्नेलाइ कारबाही हुने कि नहुने ? पुर्ब प्रधानमन्त्री द्धय र हालका प्रभाबशाली गृहमन्त्री ज्यूलाई शोध्नमन छ। यस्तो परम्परा वा बिकृतिको सिर्जना हजुरहरुले नै गरेको हो।
जनयुद्ध ताका गाई काटेर कार्यकर्ता र छापामारलाई खुवाउने लाई कारबाही हुन्छ कि हुदैन ? अहिले एउटा दुईटा गाइ काटेको सुन्न आएको छ। तपाईं हरुले त हजारौं गाई काट्नु भयो र जनताका छोरा छोरिलाइ जबर्जस्ति खुवाउनु भयो ।
अहिले सरकारमा पनि हुनुहुन्छ र गृहमन्त्री पनि हुनुहुन्छ जनतालाई त कानुनले छुयो। कानूनी कारबाही हुनुपर्थ्यो गर्नुभयो। तर तपाईंहरुलाइ कारबाही कसले गर्ने कानुन ले छुन्छ छुदैन ? उत्तरको प्रतीक्षामा जनता बसेका छन् ।
युरोपेली युनियनको निगरानी र सहयोगमा सनातन हिन्दु धर्म नास गर्न बेद ,पुराण, गिता जस्ता धार्मिक ग्रन्थ र सस्कृत भाषाका सम्पूर्ण किताब जलाउदै हिद्नु भयो, मन्दिर भत्काउनु भयो, शिला उखेलेर मिल्काउनु भयो, गाई काटेर भोज गर्नु भयो।
मिलेर बसेको समाजमा जातीय र धार्मिक मुद्दा भन्दै गाउलेहरुलाइ आपसमा भिडाउनु भयो। याबत अन्य हिम्सातमत्क गतिविधि गर्नु भयो । त्यसैकै परिणाम आज देश अराजकता तर्फ धकेलिएको छ। यसको कारक तपाईहरु नै हो।
समाजमा खुलेआम गौ हत्या हुनु, खुलेआम जनतासँग हात हतियार हुनु , अपहरण र हत्या हुनु , चोरी डकैती बढ्नु, थरुहट आन्दोलन , लिम्बुवान आन्दोलन , खुम्बुवान आन्दोलन , बाहुन खैचडी आन्दोलन , खस क्षत्री आन्दोलन र अझै डरलाग्दो मधेस आन्दोलनले देश नै टुक्र्याउछ कि भन्ने डर जनमानसमा जीवितै हुनु यी सबैको गुरु तपाई हरु नै हो।
अब भन्नुहोस् कुन हैसियतले ती गौ हत्या गर्ने दलित लाई कारबाही गर्नु भयो? कसरी आट आयो? तपाईंहरु पनि अपराधी हो र ती दलितहरु पनि अपराधी हुन क कसलाई के कारबाही हुन्छ? म लगायत ३ करोड जनता जान्न चाहन्छ्न उत्तर पर्खाइमा छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend