logo
  • शुक्रबार, असोज ९ २०८३

अगस्ट २६ र २७ मा नेपाल फेस्टिवल टोकियोको उएनो पार्कमा हुने, स्टल बुकिङ खुल्ला


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

संगीता कुँवर, टोकियो साउन ९ ।
नेपाली खाना, कला सस्कृतिलाइ जापानीमाझ चिनाउन र नेपालको पर्यटन प्रबर्धनमा टेवा पुर्याउने उद्देश्यले टोकियोमा यो बर्ष पनि नेपाल फेस्टिवल हुनेभएको छ । गैर आवशीय नेपाली संघ जापानको आयोजनामा यस बर्ष १०औँ नेपाल फेस्टिबल २०१७ आयोजना हुने भएको हो ।

सोमबार टोकियोमा आयोजित अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा एनआरएनए जापानका उपाध्यक्ष द्वय टाशी लामा र देविलाल भण्डारी संयोजक रहनेगरि१७० जनाको मुल आयोजक समिति समेत गठन गरिएको छ । यसपटक फेस्टिवल टोकियोको उएनो पार्कमा अगस्ट २६ र २७ तारिक आयोजना हुनेछ ।

जापान स्थित नेपाली राजदुतावास र पररास्ट्र मन्त्रालयको समेत बिशेष सहयोगमा रहने बताईएको छ । फेस्टिवल आउन १ महिना मात्र बाकि रहेकोले सक्रिय विभिन्न संघ सस्थाहरुलाइ सफल बनाउन सहयोगको लागी समेत अपिल गरिएको छ । साथै आजैबाट नेपाल फेस्टिबल २०१७ को लागि स्टलहरु खुल्ला गरिएको छ ।

यसपटक स्टलमा रेस्टुरेन्ट राख्न चाहनेहरुको लागि दुइदिनको ३५ मान जापानी येन र डिपोजिट १५ मान जापानी यान गरि ५० मान जापानी यान लाग्ने छ । खाना बाहेकको स्टलहरु (बुप्पान ) को लागि भने दुइदिनको १२ मान जापानिज येन लाग्ने व्यहोरा आयोजकले जनाएको छ ।

रेस्टुरेन्टको लागि डिपोजिट स्वरूप राखिने १५ मान जापानिज येन यदि आफुले लिएको स्टल एरियामा कुनैकिसिमको फोहोरहरु नछाडी राम्रोसंग छाडेमा डिपोजिट रकम पुरा फिर्ता हुनेछ । स्टल बुकिङ्गको लागि फेस्टिबल संयोजक टाशी लामा र देविलाल भण्डारीलाई सम्पर्क गर्न सकिने बताईएको छ ।

अन्तरक्रिया तथा पत्रकार सम्मेलन कार्यक्रममा जनसंम्पर्क समिति जापानका सभापति डिपि कंडेल , ओएनएफ जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ , अन्तराष्ट्रीय नेपाली समाजका महासचिब चन्डिका अमागांई , जनप्रगतिशिल मोर्चा टोकियो कमिटि अध्यक्ष सम्पूर्ण अधिकारी , पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले , एनआरएनए जापान आईसीसी सदस्य ओम गुरून्ग , गल्कोट समाज , बाँके बर्दिया मैत्रि समाज , कर्लिम समाज , धादिन्ग समाज, गोर्खा समाज , रामेछाप समाज , स्यान्गजा समाज , तमुधि जापान , सुदुर पश्चिम समाज , राप्ति समाज , कास्कि पोखरा समाज , वलेवा समाज , नेपाल जापान यूथ क्लब , वी फर अल , यूथ फर अल लगायतका संघ संस्थाका प्रमुख तथा प्रतिनिंधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघका वर्तमान अध्यक्ष सुदन थापाले गत बर्षको नेपाल फेस्टिवलबाट सिकेका कुरा यसपटक सुधार्ने मौका भएको बताउदै सबैलाई आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रमको संचालन महासचिब अनुज थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend