साझा नेटवर्क
कमल पौडेल,खर्वाङ साउन ९।
वाग्लुङ्गको बडिगाड गाउँपालिका वडा नं.५ ग्वालीचौरको बादिपमा ध १ ज १८४ नंम्वरको पिकअप जिप दुर्घटना हुँदा घाइते भएका हरुको उद्धार गरि उपचारको लागी काठमाडौं पठाइएको छ।
घाइतेहरुको अवस्था गम्भिर भएकोले नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडांैंको ग्राण्डी अस्पतालमा पठाइएको छ। आज विहान भएको सो दुर्घटनामा ४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए । गम्भिर घाइते भएका वडिगाड वडा नंं ८ रणसिंह घर भई हाल ग्वालीचौर वस्दै आएका भिम वहादुर शेर्वुजा, बडिगाड वडा नं. ८ रणसिंहका टेक वहादुर पाइजा र सोहि स्थानकै दिपशिखा पाइजा, बालमाति पाइजा, दिनेश पाईजा, र पाण्डवखानी घर भई वडिगाड ५ सिमाक वस्दै आउनुभएका भिम वहादुर श्रीस लाई काठमाडौं पठाइएको हो।
यता सोहि दुर्घटनामा मृत्यू भएका वडिगाड गाउँपालिका वडा नं. ४ जलजलाका अन्दाजि ४२ वर्षका हुमेन काउचा, बडिगाड गाउँपालिका वडा नं. ८ सिमाकका अन्दाजी ६० वर्षका मुक्त पाइजा, वडा नं. ८ रणसिंह का अन्दाजी ३६ वर्षका नर वहादुर शेर्वुजा, र गाडिचालक वडिगाड ४ जलजलाका अन्दाजी ३५ वर्षका तुल वहादुर पुनको घटना स्थल नजिकै ग्वालीचौर स्वास्थ्य चौकीमा पोष्टमार्टमको व्यावस्था मिलाउन डाक्टर बोलाउन लागिएको गाउँपालिका प्रमुख मेहरसिंह पाइजाले जानकारी दिनुभएको छ।
रणसिंहको घोरघोरे हुँदै जलजलाको वाटो खर्वाङ आउँदै गरेको सो पिकअप बादिपमा दुर्घटना भएको थियो।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend