साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौँ साउन ९।
रोल्पा जिल्ला लुङ्ग्री गाउँपालिका ६ नम्बर वडापालिका गुम्चालमा नव निर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा पदबहालीको अौपचारिक कार्यक्रम सम्पन्न भएको छ।
गुम्चाल वडापालिकाका सचिव कृष्णा कुमारी बिष्टले संचालन गर्नुभएको कार्यक्रमको सभापति लुङ्ग्री गाउँपालिकाका निमित्त अधिकृत भक्तिराम पाण्डेले गर्नुभएको थियो भने सो कार्यक्रममा प्रमुख अतिथि लुङ्ग्री गाउँपालिकाका प्रमुख दुर्गा बहादुर खड्का अनि बिशिस्ट अतिथि हरुमा लुङ्ग्री गाउँपालिकाका उप-प्रमुख भिमकला बुढाथोकी ,प्रहरी चौकी गुम्चालका ईन्चाज चक्र बहादुर राणा ,स्वास्थ्य चौकी गुम्चालका ईन्चाज दालु राणा उपस्थित रहेको कार्यक्रममा आम गुम्चालबासि जनसमुदायको सहभागिता रहेको थियो ।
कार्यक्रममा गुम्चाल वडापालिका सचिव कृष्णा कुमारी बिष्ट अनि स्वास्थ्य चौकी गुम्चालका ईन्चार्ज दालु राणाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई फूलमाला अबिरलेपनका साथै दोसल्ला अोढाएर स्वागत तथा पदबहाली गराउनु भएको थियो। कार्यक्रममा बोल्दै नव निर्वाचित गुम्चाल वडापालिका अध्यक्ष श्री यमलाल बिष्टले अाम गुम्चालबासि जनसमुदायले अाफुलाई बिजय गराएकोमा हार्दिक आभार व्यक्त गर्दै यतिबेला आफुमा खुसी र हर्षका साथसाथै जनसमुदायहरुको आस्था र सपनाहरुको अभिभारा अनि जिम्मेवारी काधमा आएको हुदा आफू जुनसुकै समयमा जनताका सल्लाह सुझाव अनुसार जनपक्षीय बिकासका कामहरु गर्न सदा तल्लीन हुने कुराको प्रतिवद्धता राख्नुभएको थियोे।
साथै सो कार्यक्रममा बोल्दै लुङ्ग्री गाउँपालिका प्रमुख श्री दुर्गा बहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधि हरुलाई शुभकामना दिदै जनताको आकङ्क्षा र भावनाहरुलाई कदर गर्दै काम गर्नुपर्ने कुरामा जोड दिनुभएको थियोे ।उहाले आफू हर समय जनताको सेवा गर्न तत्पर रहेको बताउदै जनताहरुलाई कुनै पनि समस्या परिआएमा जनप्रतिनिधिहरुलाई जानकारी दिनुहुन अाग्रह गर्दै जनता र जनप्रतिनिधि हरु हातेमालो गर्दै अगाडि बढ्नु नितान्त आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रमको अन्तमा लुङ्ग्री गाउँपालिकाका निमित्त अधिकृत भक्तिराम पाण्डेले २०अौ बर्ष पछि कर्मचारीहरुले आफ्नो अभिभावक पाएको हुदा जनप्रतिनिधि हरुको सल्लाह सुझाव अनुरुप राष्ट्र र राष्ट्रियता प्रति ईमान्दार र बफादार भई कर्मचारीहरुले कर्तव्यबोधका साथमा काम गर्नुपर्ने कुरामा जोड दिनुभयो ।कार्यक्रम वडापालिका भवनमा सुसम्पन्न भएको समाचार गुम्चालबाट जे बी बिष्ट बिवश गाउँले ले बताउनु भएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend