logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी सेवा समाज कतारका सकृय कलाकार पुनको विदाई


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार “अविरल” पन्थी, कतार ।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाजले कलाकार धन पुन मगरलाई स-सम्मान विदाई गरेको छ ।

शुक्रबार दोहाको मुन्ताजा पार्कमा आयोजित एक कार्यक्रममा समाजका सकृय कलाकार पुनलाई खादा ओढाएर तथा सम्मान पत्रद्वारा सम्मान गरिएको हो ।

कार्यक्रममा समाजका अध्यक्ष बुद्ध पाण्डेको सभापतित्व तथा समाजका संरक्षक दोर्ण बस्नेत प्रमुख अथिति रहेका थिए । तेस्तै धन पुन मगर विशेष अतिथी एवम् समाजका सल्लाहकार विजय बस्नेत, भिम तरामु मगर अथिति रहेका थिए । साथै समाजका कार्यासमित पदाधिकारीहरु लगायत गुल्मेली एवम गैर गुल्मेलीहरुको उपस्थिती रहेको थियो ।पुन लामो समयदेखि दोहामा कार्यरत रहेका थिए । समाजले विभिन्न समयमा आयोजना गरेका कार्यक्रममा क्रियाशील रही कार्यक्रम सफल बनाउन पुनको महत्वपूर्ण भूमिका रहने गरेको थियो । सास्कृतिक बिभागमा सकृय कलाकारको रुपमा रहेका पुन प्रवासको बसाइलाई बिट मार्दै शनिवार नेपाल फर्किएका छन् ।

उक्त सम्मान कार्यक्रममा बोल्दै प्रमुख आथिति एवं अथितिहरु लगायतले पुनलाई सांगीतिक यात्रा सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै पुनले आफु जहाँ रहेपनि समाजलाई भुल्न नसक्ने बताए । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समाजलाई आफ्नो साथ र सहयोग रहने बताए । समाजबाट सम्मानित हुन् पाउदा निकै भाग्यमानी र थप जिम्मेवारी थपिएको बताउँदै समाजलाई धन्यवाद तथा आभार प्रकट गरेका थिए ।

कार्यक्रमलाई समापन गर्दै अध्यक्ष पाण्डेले समाजको क्रियाशील कलाकारको भूमिका निर्वाह गरि समाजका हरेक कार्यक्रम सफल बनाउन खेलेको भूमिका प्रति बिशेष धन्यवाद दिए । प्रवासको बसाइलाई बिट मार्दै स्वदेश फर्किदै गरेका पुनलाई सांगीतिक यात्रा एवम् मातृभूमिको यात्रा सफलताको शुभकामना दिए।

गुल्मी सेवा समाज कतारले प्रवासमा भइपरी आउने समस्या समाधान तथा स्वदेशमा बिभिन्न सामाजिक कार्यहरु गर्दै आर्थिक सहयोग समेत उपलब्ध गराउदै आइरहेको छ । कार्यक्रम समाजका सचिव केशव कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend