logo
  • शनिबार, असोज १० २०८३

अपाङ्ग दलित कुट्ने वडाध्यक्षलाई कारवाही हुनुपर्ने आयोगको माग


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी साउन ६।
केहि दिन अगाडि अपाङ्ग दलितलाई कुटपिट गर्ने गुल्मी चन्द्रकोट ह्वांगाका वडाध्यक्ष टेक बहादुर पुनले पैसा तिरेर मिलाईएको घट्ना प्रति नेपाल राष्ट्रिय दलित आयोग लगायतका दर्जनौ मानव अधिकार संघ संस्थाको ध्यान आकृष्ट गरेको जनाईएको छ।

त्यस्तै गुल्मीको मुसिकोट नगरपालिका बडागाउंमा जातीय विभेदका कारण कुटपटि भएको घटना छानविनका लागि अध्ययन गर्न आएको नेपाल राष्ट्रिय दलित आयोग लगायत एक दर्जन संघ—संस्थका अधिकारकर्मीले आजै जिल्ला प्रशासन गुल्मीमा आई चन्द्रकोट ५ का वडाक्ष्यक्ष टेक बहादुर पुनले स्थानीय दलित अपाङ्ग मान बहादुर बिकलाई साउन १ गते घरमै पुगेर कुटपिट गुरेका थिए।

पिडीतले चन्द्रकोट इलाका प्रहरी कार्यलयमा त्यस बिरुद्ध उजुरी दिएको र हिजो चन्द्रकोट प्रहरी कार्यलयमा पिडीतलाई १३ हनार ७ सय १० रुपियां दिएर मिलाईएको थियो।

जनप्रतीनिधिहरुले गल्ती गरे सर्वसाधारणले पाउने सजाय वा जरिमाना हुंदा हुंदै पनि उनलाई सामान्य उपचार खर्च दिईएर मिलाईएको प्रति आयोगले गम्भिर आपत्ती प्रकट गरेको छ।

आयोगका माननिय सदस्य मनजित विश्वकर्मा सहितको टोलिले पुनः छानविन गर्न जिल्ला प्रशासनलाई आग्रह गरेको छ।

टोली केहि दिन अगाडि गुल्मीको मुसिकोट नगरपालिकामा पसलमा खाना खाएको भांडा नमाझेको भन्दै स्थानीय कणं बहादुर नेपालीलाई निर्घात कुटपपिट भएको सम्बन्धमा सत्य तथ्य बुझन घटना स्थलमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend