logo
  • शुक्रबार, असोज ९ २०८३

अडियो आतंक अपडेट : अडियो तोडमोड गरी हल्ला फिजाइएको खुलासा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, गुल्मी साउन ६ ।
गत केही दिन देखी गुल्मीमा देखिएको अडियो काण्डको वास्तविक रहस्य बाहिर आएको छ । एकतर्फको कुराकानी भएको अडियोलाइ तोडमोड गरेर हँगमा मच्चाइएको खुलासा भएको छ ।

पानीको बिषयमा भएको कुराकानीलाइ तोडमोड गराएर अन्तरर्घात सँग जोडिएको प्रति काँग्रेस गुल्मीले भत्र्सना गरेको छ । उक्त तोडमोड गरीएको अडियोलाइ काँग्रेसलाइ र जिल्लामा कहलिएका नेता जिल्ला सचिब खिलध्वज पन्थीको बदनाम गराउने उद्धेश्यका साथ प्रयोग गरिएको बताइएको छ ।

जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठद्धारा हस्ताक्षरीत एक बिज्ञप्तीमा उक्त अडियो रेकर्डको सम्बन्धमा तथ्य के हो गहिराइसम्म अध्ययन गरी हेर्दा खिलध्वज पन्थीको चरित्र हत्या गर्ने उद्धेश्यले नियोजित रुपमा निर्वाचनको सन्दर्भमा आफ्नै टोल छिमेकमा भएको संवादलाइ आधुनिक प्रविधिको प्रयोगद्धारा सम्पादन गरी समाजिक सञ्जालमा भाइरल गराइएको बताइएको छ ।

साथै उक्त बिज्ञप्तीले यस बिषयमा अतथ्यपुर्ण समाचार प्रशारण गर्ने सञ्चार माध्यम र अनलाइन पत्रिकाहरुको कारवाहीको माग गरिएको छ । साथै बिज्ञप्ती मार्फत सभापति श्रेष्ठले सम्पुर्ण कार्यकर्ता तथा शुभेच्छुकलाइ बिचलित नभइ उर्जाशील रुपमा अगाडी बढ्न आग्रह गरेका छन ।

यस बिषयमा विवादमा तानिएका नेता पन्थी काँग्रेसको संगठन तथा बिकासको लागि हरदम खट्ने नेताको रुपमा मानिन्छन । उनको यो काम गराइ प्रति बिपक्षी दलका कार्यकर्ताहरु डराएर अनाबश्यक भ्रम सिर्जना गर्न खोजिएको बताइएको छ ।

यसै बिषयमा सत्य तथ्य बाहिर आएपछि नेता पन्थीले आफ्नो फेसबुकमा यस्तो प्रतिक्रिया दिएका छन । गत असार २ गते मेरो आवाज रहेको अडियो संवाद चतुर्याइपूर्ण ढंगले सम्पादन गरी सामाजिक सञ्जालमा राखिएको बदनियतपूर्ण कार्यबाट दुःखी हुनुभएका हाम्रो पार्टीका साथीहरू, आफ्न्तजन, ईष्टमित्र र शुभचिन्तकहरूले सो कार्य सुनियोजित रूपले केवल मेरो राजनैतिक हत्या गर्ने असफल प्रयास र मिथ्या हो भन्ने अटल र दृढ विश्वास म प्रति व्यक्त गर्नु भएकोमा आभारी छु।

यो अपठ्यारो समयमा सहयोग गर्नुहुने सबै जना प्रति ऋणी छु । आज धेरै कष्ट पछि प्राप्त भएको अडियोको पूर्ण पाठले विपक्षीका सबै भ्रम चिरेर सत्यलाई उजागर गरेको छ।

एकपछि अर्को गरी ती भ्रष्टहरू आफै नाङिएका छन्।सत्यको विजय भएको छ। आगामी दिनहरूमा सङठनको हित र जनताको पक्षमा अझ दृढ भएर लाग्नेछु भन्ने विश्वास दिलाँउछु।

जय नेपाल!

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend