साझा नेटवर्क
आदरणिय सभापति महोदय,
हजुरको व्यत्तित्व, विवेकशीलता समाज प्रेम र समग्र गुल्मी जिल्लाको उन्नति र समृद्धिको लागि गर्नुभएको मिहिनेत प्रति मेरो हृदयदेखि नमन छ । प्रदेश नं. ५ लाई खण्डित हुनबाट जोगाउदा हजुरले दिएको योगदान पनि हामीकहाँ बिर्सन सक्छौ र ?
स्थानिय चुनावमा समग्र गुल्मी जिल्लाको नतिजा र रेसुड्डा नगरपालिकाको मेयर पदमा हजुरको पराजय हाम्रा लागि सह्य हुन सकेन । यसैबिच पार्टी सचिव खिलध्वज पन्थी सँगै सम्बन्धित अडियो किल्पिले बजारमा हल्ला हरु सुनेर म अहिले काठमाण्डौमा हात बाँधेर बस्न सकिन ।
सभापति ज्यू, विद्यार्थी जीवन समस्या धेरै छन्, समय छैन, कलेज छ । अफिसियल काम छन् यसका बाबजुत पनि यो अडियो काण्ड देखि म अछुतो बस्न सकिन मैले भगवानलाई सम्झे– हे भगवान् काठमाण्डौको खाल्डोले राम्रा र असल मान्छेहरुलाई दिन डहाडै निन्दअवला र अस्मिताको नारीहरुलाई दिउँसै सडकमा वेश्या बनाउँछ ।
बिन्तीभगवान् तम्घास खाडलले यस्ता कुकर्म कहिल्लै नगरोस, राम्रोको मात्रै भलो गरोस ।मैले सुन्दैछु अडियोलाई लिएर जिल्लामा हंगामा भयो रे । आखिर के का लागि मलाई त अचम्म लाग्दैछ , तपाई पनि शशंकित हुनु भयो रे ।
उक्त अडियो मैले पनि सुने सभापति महोदय उक्त अडियोमा सम्वोधन गर्नका लागि प्रयोग भएका शब्दहरु सम्मान जनक नहोलान् तर एउटा कुरा मनन गर्नुहोस, जिल्लाको पार्टी सभापति मेयर पदमा र जिल्ला स्तरीय नेता वडा सदस्यमा उमेद्वार बन्नुले पार्टी सचिब खिलध्वज पन्थीलाई मात्रनभएर जिल्लाका अन्य प्रभावशाली नेताहरुलाई समेत अगाडि बढ्न मार्ग खुलाभएको कुरा थोरै पनि राजनितिक ज्ञान भएकाजो कोहीले बुझ्न सकिन्छ ।
राजनितिक प्रसड्ड जोडिदा यस्तो कुराहरु खिलध्वज पन्थीले आफ्नो परिवार सँग गर्नु स्वभाविकहो तर तपाईहरु जस्तो अग्रपङक्तिमा रहेको नेतालहरुले यसलाई अपराध गरेजस्तै गरी फैलाएको देख्दा चित्त दुख्यो ।
के तपाईहरुले यही कुरालाई नै अन्तर्घातको संज्ञा दिनु भएको हो त ? सायद मैले बुझे अनुसार आफ्नो पार्टीलाई प्रतिकुल असर पर्ने र विपक्षी पार्टीलाई लाभहुने गरि गरिने कृयाकलापलाई अन्तर्घात भनिन्छ । उक्त अडियोमा पार्टी सचिबले पार्टीकै लागिभोट मागेको कुरा प्रस्ट सुन्न सकिन्छ ।
शब्दले भन्दा पनि तथ्यले प्रस्ट पार्दा उचित होला, रे. न. पा. ५ भुवनपानीमा अपेक्षा गरिएको भन्दाहजुरलाई १०/१५ मत बढी दिलाई नगरपालीकामै सबैभन्दा बढी करिव २०० को हाराहारीमा अग्रता दिलाएका छौं । हो यही क्षेत्रको कुनै टोलमा गरिएको फोन संवादको काँटछाँट गरिएको अडियो रेकडलाई आधार बनाएर तपाइहरु दोष अरुलाई थुपारी पानी माथिको ओबानो बन्दै हुनुहुन्छ । के तपाईहरुले भनेको जस्तै अन्तर्घात यही हो ।
सभापति ज्यू यस्तो कतुर्त यत्तिकै आवेशमा लगाइएको हो भने अन्तर्घात पार्टीले खिलध्वज पन्थी माथि गरेको छ । यसको क्षतीकसले व्यहोर्ने ? घर परिवार बिचको कुरालाई जोडेर वा काटेर चरम वर्वादीपूर्ण शैलीले चरित्र हत्यागर्न तयार पारिएको किलिपलाई आधार मानेर अघि बढ्ने हो भने यो घटना भविष्यमा अरुमा नदोहो¥याईने ग्यारेन्टी कसले दिन्छ ?
युवाहरु माझ लोकप्रिय र विकासका हिमायती खिलध्वज पन्थीलाई गिराउन विपक्षीदलका नेताहरु मात्र नभएर आफ्नै दलका नेताहरु पनि लागि पर्नुले फोहोरो राजनितिलाई चित्रण गरेको देखिन्छ । खिलध्वज पन्थीको चरित्र हत्या गर्ने दुष्प्रयास गर्दैमा केहि नेताहरुको व्यक्तिगत स्वार्थ त पुरा होलान् तर पार्टीलाई नै खलल पु¥याई कमजोर तुलिन्छ भन्ने कुरा हजुरले बुझाउनु होला ।
अन्त्यमा आदरणिय सभापति महोदय, घरको भेदन खुलाउनु थियो, तालाचाबी नै आर्कैले गायब पारिदिन लागेको अवस्था छ, यस्मा चनाखो हुनुस येसपछि पनि अडियो भिडियो वा अतिरनजित कुराहरू प्रदेशसभाको चुनावलाई मसलाको रुपमा विपक्षले प्रयोग गर्ने नै छन।
अहिले जुन पार्टी पंक्तिले खिल्धोजपन्थी माथी अन्तर्घात गर्यो, तेस्को हिसाब किताब फर्स्योट गर्दा हामिलाइ पनि चित्त बुझ्दो ढङ्गले गरिदिनु हुनेछ भन्ने आसा छ।
कहिँ कतै रोदन सङै अतिरन्जित शब्दले मन चस्कायमा कांग्रेसको केही हिस्सामा उन्को पनि लगानी छ भनेर बहकिने प्रयास गर्नुहोला। आफ्नै सोच दिमाग र परिस्थितिलाई साक्षी मानेर उदाउँदो शक्तिलाई मनन गर्दै निर्णय लिनुहोला जो सर्वपरि र सर्व मान्य हुनेछ । धन्यवाद !
महेन्द्र खनाल।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend