साझा नेटवर्क
साझा नेटवर्क, बुटवल साउन ६ ।
अर्घादरबार फिलिम्स प्रालिले बजार ब्यबस्थापन गरेको जगत पाल्पालीको तीज कोशेली ” माइतिको याद” सार्बजनिक भएको छ ।
बिशेष गरि महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर यो गीत बजारमा लिएको छ । चेलीबेटीहरुलाई तीजमा माइतको महत्व के कस्तो हुन्छ भन्ने कुरा यो गीतमा देखाउन खोजिएको छ ।
दाजु भाइ लिन आउने बाटो कुर्दा कुर्दै निराश भएकी दिदिको पिडालाइ भिडियोमा राम्रो संग देखाइएको छ । बसन्त लम्साल र पूर्णकला बिसिको स्वर रहेको गीतमा जगत पाल्पाली र मारी गुरुङको रहेको छ ।
गीता केसी र अतित घिमिरेको अभिनय रहेको गीतको निर्देशन छायांकन सम्पादन बिष्णु भट्टराईले गरेका छन् । अविरल फिल्मस्ले दृश्य निर्माण गरेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ भने बिष्णु श्रेष्ठको समेत अभिनय देख्न सकिन्छ ।
हेरौ गीतको भिडियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend