logo
  • शुक्रबार, असोज ९ २०८३

मिस काठमाडौं नेपाल २०१७ को घोषणा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुर्य चन्द, काठमाडौं साउन ५।
कसमस ईन्टरटेन्मेन्ट हाउसले पहिलो पटक ‘मिस काठमाडौं नेपाल–२०१७ आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका निर्देशक डेविड जंग बस्नेतले सौन्दर्य प्रतियोगिताको गुणस्तरलाई कायम राख्दै यो प्रतियोगिता आयोजना गर्न लागेको बताए ।
‘मिस काठमाडौं नेपाल–२०१७’ मा १७ वर्षदेखि २५ वर्ष उमेर समुहका बढिमा २५ जना अविवाहित युवतीहरुले सहभागिता जनाउन सक्ने छन् ।

यो प्रतियोगितामा सहभागिता जनाउने प्रतिस्पर्धीले प्लस टु उत्तिर्ण गरेको हुनु पर्नेछ । ५ फिट तथा यो भन्दा बढि उचाइ भएका तथा मोडलिङ क्षेत्रमा करियर बनाउन चाहाने युवतीहरुले यो प्रतियोगिताका लागि आवेदन दिन सक्नेछन् ।

प्रतियोगिताका लागि साउनको दोस्रो तथा तेस्रो साता काठमाडौंमा पहिलो तथा दोस्रो चरणको अडिसन कार्यक्रम आयोजना गरिने छ । अडिसनको क्रममा छनोट भएका प्रतिस्पर्धिहरुलाई भदौ १ गतेदेखि ३५ दिन लामो प्रशिक्षणमा सहभागि गराइने छ ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई व्यक्तित्व विकास, भाषा, पहिरन, फोटोसेसनसहितका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइनेछ । प्रशिक्षणकै क्रममा प्रतिस्पर्धिहरुलाई स्थलगत भ्रमण तथा आउटडोर फोटोसेसनमा सहभागि गराइने छ ।

ट्यालेन्ट शो पनि त्यही क्रममा आयोजना गरिनेछ । प्रतियोगिताको ग्राण्ड फिनाले दसैंको घटस्थापनाको दिन अर्थात असोज ५ गते बिहिबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend