logo
  • शुक्रबार, असोज ९ २०८३

सम्मान कार्यक्रममा बेवास्था गरिएकोमा नेपाली काँग्रेसको आपत्ति


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, गुल्मी साउन ५ ।
२०७४ सालको स्थानिय तहको निर्वाचनमा बिजयी भएका बिभिन्न पार्टिका प्रतिनिधिहरुलाई बधाई तथा सम्मान गर्ने भनि गुल्मीको रेसुङ्गा नगरपालिकाको वडा नं ९ मा रहेको उपल्लो तम्घास माबिमा श्रावण २ गते एक सम्मान कार्यक्रमको आयोजना गरियो ।

जुन समारोहमा रेसुङ्गा नगरपालिकाको ७,९,र १० वडामा बिजयी भएका प्रतिनिधिहरुलाई कार्यक्रममा बोलाईयो तर नेपाली काँग्रेस का बिजयी प्रतिनिधिलाई भने अपहेलना गरियो।

रेसुङ्गा नगरपालिका वडा नं ९ का नेपाली काँग्रेसका सचिब चेतनारायण पन्थीका अनुसार कार्यक्रममा समानन्तर बिजयी प्रतिनिधि हरुलाई बोलाउने भने पनि नेकपा एमालेका बिजयी प्रतिनिधिलाई मात्र सम्मान गरिएको थियो ।

स्थानिय तहको दोस्रो चरणको चुनावमा रे न पा वडा नं ९ बाट दलित प्रतिनिधिबाट बिजयी बाबुराम नेपालीलाई वेवास्ता गरेको प्रति नेपाली काँग्रेस ले आक्रोस पोखेको छ ।

यसरी बिधालय जस्तो गरिमामय सँस्थामा पनि पार्टिगत कृयाकलाप गरेको प्रति नेपाली काँग्रेसले घोर आपत्ति प्रकट गरेको रेसुङ्गा नगरपालिका वडा नं ९ का कार्यवाहक सभापति भुमिलाल गैरेले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend