logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा कुन दलले कति मत पाए


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार, गुल्मी साउन ४ ।
५ नम्वर प्रदेश अन्तरगत गुल्मीको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस भन्दा नेकपा एमाले १३ हजार भन्दा बढि मतले अगाडी रहेको तथ्य वाहिर आएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सार्वाजानिक गरेको तथ्याङकबाट यस्तो तथ्य बाहिर आएको हो ।

धेरै स्थानमा जनमोर्चा संग तालमेल गरेको एमालेले उक्त पार्टीको सहित ४८.८ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै १२ स्गानिय तह मध्ये ५ स्थानमा मात्र माओवादी केन्द्र संग तालमेल गरेको कांग्रेसले सो पार्टीको मत सहित ३७.९४ प्रतिशत मत प्राप्त गरेको छ ।

माओवादी केन्द्रले धेरै स्थानमा रुख चिन्हबाट उमेदवारी दिएकोले उसको मत प्रतिशत एकदम कम प्राप्त गरेको देखिएको छ । उसले जम्मा १२.०७ प्रतिशत मत प्राप्त गरेको छ । जुन मत पालिका प्रमुख उमेदवारको मात्रै हो ।

जिल्लाका कुल १ लाख ८० हजार ७ सय ७५ मतदाता रहेकोमा १ लाख २६ हजार ३ सय ७४ मत अर्थात ६९.९१ प्रतिशत खसेको प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद मसारीनीले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार खसेका कुल मत मध्ये ५ हजार ७ सय ८७ मत वदर भएको थियो । सदर मत मध्ये केहि स्थानमा जनमोर्चा सहित नेकपा एमालेले जिल्लाभर ५८ हजार ८ सय १७ मत प्राप्त गरेको छ ।

केहि स्थाना माआबादी केन्द्र सहित कांग्रेसले ३७ हजार ४५ हजार ७ सय ५६ मत प्राप्त गरेको छ । धेरै स्थानमा कांग्रेस संग रुख चिन्ह लिएर उमेदवारी दिएको माओवादी केन्द्रको मत सख्या भने निकै कम देखा परेको छ । उसले ५ स्थानिय तहमा कांग्रेस संग तालमेल गरेकोले मत संख्याको महल शुन्य छ ।

७ स्थानिय तहको प्रमुख उमेदवारको मात्रै मत सख्या गणना भएको माओवादी केन्द्रले जम्मा १४ हजार ५ सय ४९ मत प्राप्त गरेको तथ्याङकमा उल्लेख छ । प्रमुख दुई दल एमाले र कांग्रेस मध्ये एमाले काग्रेस भन्दा १३ हजार ६१ मतले अगाडी देखिएको छ ।

जिल्लाभर ८ सय ८४ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टी चौथो शक्तिका रुपमा उदाएकोृ छ । ३ सय ३८ मत ल्याएर राष्ट्रिय जनमाृर्चा पाँचौ शक्तिका रुपमा स्थापित भएको छ ।

नयाँ शक्ति नेपालले जिल्लाभर ९२ मत ल्याएर छैठौ शक्ति र २२ मत ल्याएर अखण्ड नेपाली पार्टी सातौं शक्ति बनेको छ । बरु जिल्लाभरका स्वतन्त्र उमेदवारले १ सय २९ मत ल्याएका छन् ।

तर क्रियाशिल राजनैतिक दलका रुपमा स्थापित भएर विकासे कार्यक्रम बाँडफाँडमा दलिय सहमति खोज्दै टेवुल बजार्ने नेपाल परिवार दल र नेकपा मालेले एक मत सम्म ल्याउन सकेनन् ।


तहगत मत सख्या यस्तो छ

रेसुङ्गा नगरपालिका

२ नगरपालिका र १० गाउँपालिका मध्ये रेसुङ्गा नगरपालिकामा एमालेले ६ हजार ३ सय ८८ मत प्राप्त गरेको थियो । कांग्रेसले ६ हजार २ सय ४१ मत प्राप्त गरेको थियो । माओवादी केन्द्रले ४ सय ३५ मत , जनमोर्चाले ६३ मत र अखण्डले २२ मत पाएको थियो । अरु शुन्य छन् । बरु स्वतन्त्रले ५० मत प्राप्त गरेका छन् ।

मेयरका एक जना स्वतन्त्र उमेदवारले आफुले आफैलाई भोट नदिएर मत सख्याको महल शुन्य पारेका छन् । १८ हजार ३ सय ४१ मतदाता रहेको यस नगरपालिकामा कुल १३ हजार ५ सय ४३ मत खसेको थियो । जस मध्ये ३ सय ४४ मत बदर भएको थियो ।

मुसिकोट नगरपालिका

कुलमतदाता : १९४८५
कुल खसेको मत : १३३९६
बदर : ३८९
एमालेको मत सख्या : ६६६८
कांग्रेसको मत शंख्या : ५५८७
माओवादी केन्द्र : ७१३
राप्रपा : ३९ मत
जनमोर्चा : ७३ मत
अन्य : शुन्य

ईस्मा गाउँपालिका

कुल मतदाता संख्या : १३८४०
खसेको कुल मत : ९७३३
वदर मत : ५८४
एमालेको मत सख्या : ५०५५
कांग्रेसको : ४०००
माओवादी केन्द्रको : शुन्य (कांग्रेस संग तालमेल, प्रमुख पदको उमेदवारी फिर्ता गरेको)
राप्रपा : १४ मत
जनमोर्चा : ७३ मत
अन्य शुन्य

कालिगण्डकी गाउँपालिका

मतदाता संख्या १२६३४
खसेको कुल मतः ८६२७
वदर मत : ५१६
काग्रेस : माओवादीः ४२९८
एमाले : जनमोर्चा ३७७०
राप्रपा : ४१
स्वतन्त्र : २ मत
अन्य : शुन्य

गुल्मी दरवार गाउँपालिका

कुल मतदाता सख्या १५३७०
खसेको : १०९८३
बदर : २८१ (अन्य स्थान भन्दा सवै भन्दा कम)
काग्रेसको प्राप्त मतः५५७५
एमालेको : ४७५०
माओवादी केन्द्रको : २४४
जनमोर्चा : १३३
अन्य : सुन्य

चन्द्रकोट गाउँपालिका

कुल मतदाता संख्याः १३३९३
खसेको मत : १०९८३
वदर : ४२०
कांग्रेस : ५५७५
एमाले : ४७५०
माओवादी केन्द्र : २२३८
नयाँशक्ति : २१ मत
जनमोर्चा : ६९ मत
स्वतन्त्र : १ मत
अन्य : शुन्य

छत्रकोट गाउँपालिका

कुल मतदाताः १५५११
खसेको : ११२४७
बदर : ५७१
एमाले, जमोर्चा : ५५५१
कांग्रेस, माओवादी : ५११४
नयाँशक्तिल : ११ मत
अन्य : शुन्य

धुर्कोट गाउँपालिका

मतदाता संख्या : १५६५०
खसेको मत : ११२४७
वदर : ६७८
कांग्रेस माओवादी : ५११६
एमाले : ४७५३
राप्रपा : ६५
स्वतन्त्र : १ मत
अन्य : शुन्य

मदाने गाउँपालिका

मतदाता संख्या : १३२७८
खसेको मत : ८९६५
वदर : ८२१ (सवै स्थानभन्दा बढि)
एमाले : ४४२३
कांग्रेस : २९५७
माओवादी केन्द्र : ७२५ मत
राप्रपा : ३९ मत
अन्य : शुन्य

मालिका गाउँपालिका

कुलमतदाता :१४१६४
खसेको : १००३९
वदर : ५०६
एमाले : ४०४२
काग्रेस : ३४४७
माओवादी केन्द्र :२०४०
नयाँशक्ति : १४
अन्य : शुन्य

रुरु गाउँपालिका

मतदाता संख्या १३५४२
खसेको : ९४३४
वदर :३७४
एमाले : ५२२२
कांग्रेस माओवादी केन्द्र :३७६३
स्वतन्त्र ७५ मत
अन्य : शुन्य

सत्यवती गाउँपालिका

मतदाता संख्या : १५५७१
खसेको : १०६३३
वदर : ३०३
कांग्रेस माओवादी केन्द्र : ५१९७
एमाले जनमोर्चा : ५१३३
अन्य : शुन्य

सवै दलको मत संख्या नगर र गाउँप्रमुखको मत संख्यामा मात्र आधरित छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend