logo
  • शनिबार, भाद्र २० २०८३

खोटाङ सेवा समाजद्वरा पिडित राईलाई आर्थिक सहयोग हस्तान्तरण


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

रुद्र शर्मा, कतार  ।
खोटाङ सेवा समाज कतारले खोटाङ जिल्ला निबासी पिडित प्रदिप राइलाई हिजो १७ जुलाई २०१७ का दिन निज पिडित कै कम्पनीको क्याम्पमा गएर केहि आर्थिक नगद र खाद्यान्न समाग्री सहयोग गरेको छ ।खोटाङ जिल्ला दिप्रुंङ गाउपालिका १ बतासे निबासी प्रदिप राइ करिब ३ महिना अगाडि कतारको क्यापिटल ब्रान्च भन्ने कम्पनिमा रोजगारीको सिलशिलामा आएका थिए । तिन महिना सम्म कम्पनीमा लगातार काम गर्दै आउदा कम्पनीले दिनु पर्ने सेवा सुबिधा र तलब नदिए पछि पिडित राइले खोटाङ सेवा समाज कतारका उपाध्यक्ष रुद्र शर्मा आचार्य मार्फत सस्थालाई जानकारी गराउदै सहयोग अपील गरेका थिए ।

पीडित राइको अपील उपाध्यक्ष्य रुद्र शर्मा आचार्य मार्फत सस्थालाई जानकारी गराइएको थिए । उक्त जानकारी आए पश्चात सस्थाका अध्यक्ष तिला बहादुर खत्रीले तत्कालका लागि आबस्यक सहयोग उपलब्ध गराउन पहल गर्ने र उक्त समय सम्मको लागि सस्थाका तर्फबाट केही नगद कतारी रियल र खाद्यान्न सामाग्री सहयोग गरेको थियो ।

उपाध्यक्ष रुद्र शर्माको नेतृत्वमा सचिब परशुराम श्रेष्ठ,कोषाध्यक्ष दिल्ली शेर खडका र बरिस्ठ सदस्य बलराम तामाङले पिडित लाइ प्रत्यक्ष्य भेटेर पीडित राई बस्ने क्याम्पमै पुगेर सहयोग गरेको थिए ।

कम्पनिले भने जस्तो सेवा सुबिधा र तलब नदिए पछि पीडित राइ नेपाल फर्किने अन्तिम तयारी रहेको बताउछन । नेपाल फिर्ताको लागि परिवारजन मार्फत हवाई टिकेट बुकिङ गरेको बताए । आज जुलाई १९ तारीखका दिन नेपाल फिर्ती हुने जानकारी पीडित राईले सस्थाका उपाध्यक्ष शर्मा लाई दिएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend