logo
  • शनिबार, भाद्र २० २०८३

NRNA कतारको सचिव पदका लागि पदम गिरीको ऊम्मेदवारी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

पदम गिरी ॠषिङ -५ तनहुँ

                            पदम गिरी
                        ॠषिङ -५ तनहुँ

आदरणीय कतारमा रहनुभएका सम्पूर्ण गैह्र आवाशीय नेपाली साथिहरु, “एन. आर. एन. एनसीसी” कतारको आसन्न अधिवेशनमा मैले आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने सोच बनाएको छु र यो कुरा यहाँहरु समक्ष जानकारी गराउन पाउदा गौरवान्वित महशुस गरिरहेको छु ।

म लगायत हामी कतिपय साथि हरुले पनि सुरु देखि नै अनुभव गर्दै आइरहेका कतिपय बिषयहरु छन्,जसले सम्पूर्ण मजदुर साथिहरुमा “एन आर एन” भन्ने सस्थाको बारेमा भ्रम पर्न गएको छ । हामी हरुले नै उठाएका कतिपय मागहरु र हाम्रै बिधानमा समाबेस कतिपय प्रावधान हरुको कारण हाम्रो सस्था सम्पूर्ण रुपमा मजदुर मैत्री हुन सकेको छैन ।

यो अवस्थामा गैह्र आवाशीय नेपाली संघ कतारले कसको, कुन तप्काका मान्छे हरुको अथवा कुन आर्थिक हैसियत भएका प्रवाशी नेपाली हरुको प्रतिनिधित्त्व गर्दछ भन्ने,एक किसिमको अन्यौल सम्पूर्ण मजदुर वर्गमा रही आएको देखिन्छ ।

त्यस किसिमका अन्योल हरुलाई चिर्दै सस्थाको आशय लाइ गलत तरिकाले बुझ्न पुगेका नेपाली समुदाय सम्म पुगेर सस्थाको संगठनात्मक बिस्तार गर्दै सस्था लाइ अझै विश्वसनीय रुपमा नेपाली समुदायको हितको लागी अझै परिस्कृत गराउन पनि मेरो उम्मेदवारी मैले आवस्यक ठानेको छु ।

लाखौको संख्यामा हामी नेपालीहरु रहेको यो मुलुकमा हामी केही सय वा हजार जनामात्र क्रियाशील र चल्तापुर्जा सामाजिक अगुवा मित्रहरु मात्र आवद्द भएर सस्थाले पूर्णता पाउन सक्दैन । त्यस माथि सस्थामा युवा हरुको संलग्नता अपरिहार्य छ,किनकि जुनसुकै रुपमा वा जुनसुकै हैसियतमा काम गरिरहनु भएको भएपनि कतारमा रहनुभएका नेपाली हरुमा युवा बर्गको बाहुल्यता छ ।

अहिले सम्म “एन आर एन”प्रति उदाशीन रहेको युवा समुदायलाई सस्था प्रति आकर्षित गर्न र सस्थामा क्रियाशील गराउनको लागि पनि मैले उम्मेदवारी दिने घोषणा गरेको हुँ ।
अहिले सम्म “एन आर एन”कतारका सम्पूर्ण सस्थाहरु भन्दा माथि रहेर सबैको साझा सस्था बनेर छाता सस्थाको रुपमा रहेको र सम्पूर्ण नेपाली हरुको प्रतिनिधित्व गरिरहेको कुरामा दुइमत हुन सक्दैन ।

तर फेरिदो परिस्थिति र द्रुत रुपमा भैरहेको सामाजीक रुपान्तरण लाइ मध्यनजर राख्दै संस्था लाइ अझै परिस्कृत बनाउनको खातीर पनि मैले उमेद्वारी दर्ता गराउने निर्णय गरेको हुँ ।

बिद्यार्थी काल देखिनै सामाजीक काममा संलग्न रही विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सस्थाहरु संग काम गरेको मेरो अनुभव अनि कतार आइपुगेपछी यहीं रहेर विभिन्न सामाजिक संघ सस्था हरुमा संलग्न रही नेपाली समुदाय संग नजीक रहेर सामाजीक काम गरेको मेरो बिगत र बिगत ८ वर्ष देखि बैदेशिक रोजगार र खाडी मुलुकमा रहेका नेपालीहरुको परिवेश लाइ नजीक बाट नियालेको मेरो अनुभवले गैह्र आवाशिय नेपाली हरुको साझा संगठनको “एनआरएन”कतारको सचिव पदको जिम्मेवारी मैले कुशलता पुर्वक निर्वाह गर्न सक्छु भन्ने कुरा मेरो बिस्वाश हो ।

सम्पूर्ण पार्षद मित्र एबं अग्रज हरुले मेरो उमेद्वारीमा बिश्वाश गर्दै मैले कतारमा आजसम्म बटुलेको कार्य अनुभव लाइ हाम्रो सम्मानित छाता संगठनको लागी प्रयोग गर्ने मौका प्रदान गर्नुहुनेछ भन्ने कुरामा म आशाबादी रहेको छु ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend