logo
  • शनिबार, भाद्र २० २०८३

एनआरएनए एनसीसी कतारमा यसपाली ३०५१ जनाको आवेदन दर्ता


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दिल कुमार श्रेष्ठ कतार l
एनआरएनए एनसीसी कतारको सातौं अधिवेशनको फारम बुझाउने म्याद १४ जुलाई २०१७ मा सकिएको छ l म्याद सकिएसंगै आगामी कार्यकाल १७/ १९ को पार्षद सदस्यताको लागी आवेदन दिएका सदस्यहरुको संख्या ३०५१ रहेको छ l

भर्खरै प्राप्त जानकारी अनुसार अहिले आवेदन दिएका आवेदकहरुको प्रमाणित कागजातहरु चेकजांच गर्ने काम भई रहेको छ l सम्पूर्ण प्रक्रिया सकिएसंगै अन्तिम नामावली प्रकासन गरिने जानकारी एनसीसी कतारका अध्यक्ष विनेश तामांगले जानकारी दिए l

आवेदन दिने समयको समाप्तिसंगै कतारको दोहामा अधिवेशनको माहोल तातिरहेको छ l यसैक्रममा कतारमा सामाजिक क्षेत्रमा लागेका चिर परिचित व्यक्तिहरुले विभिन्न तरिकाबाट आ-आफ्नो उमेदवारी घोषणा गरेका छन् l

फारम सुल्क पहिलेको तुलनामा आधा कम्ति भएको अवस्थामा पहिलेको हाराहारीमा पार्षद सदस्यहरुले आफ्ना सदस्यता दर्ता गराएका छन् l शुल्क पहिलेको तुलनामा आधा झरेर निम्न बर्गीय श्रमिकहरुको लागी अनुकुलता लागी भनिए पनि खासै उत्सुकताका साथ सदस्यता लिनेको संख्या बढेको पाइएन l

४ लाख भन्दा बढी नेपालीहरु कार्यरत रहेको कतारका नेपालीहरुले नबुझेर हो या अनलाइन सिस्टमले कारण अहिले सोचेको अनुरुप सदस्यता वृद्धि देखिएन l यसलाई कतारमा कार्यरत प्रवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले कुन रुपले लिएका छन् त्यो भोलिका दिनले बताउने छ l

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend