साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी साउन २ ।
चुनावै थुप्रै पैसा खर्च भएका दृष्टान्त छन् । भोज भतेरमा नहुने कुरै भएन् । चुनावपछि जितेका जनप्रतिनिधीहरु अझै भोज भतेर मै अड्किएका छन् । तर केहि त्यस्ता जनप्रतिनिधी छन् ।
जसले त्यहि फजुल खर्चलाई समाज सेवामा लगाएर जनता माझ लोकप्रिय बन्दैछन् । मोहन प्रसाद पाण्डे रेसुंगा नगरपालिका ७ का वडाध्यक्ष हुन् । टोलका बिद्यालयहरुको समस्या उनलाई छर्लङ्ग छ । त्यो हिजोको चुनावी एजेण्डा पनि हो । एजेण्डा कार्यान्यनको पर्खाइमा छन् । उनले आइतबार भोज भतेरमा गरिने अनावश्यक खर्चलाई बिद्यालयको अक्ष्यकोषमा राख्ने निर्णय गरे । त्यसलाई धेरैले धेरैले स्वागतयोग्य काम भनेका छन् । वडा भित्रका तीन वटा प्रावीलाई पाण्डेयले १५/१५ हजारका दरले आइतबार सहयोग गरे ।
२०४१ सालमा स्थापना भएको नवज्योति प्रावि नेटा, २०३९ सालमा स्थापना भएको अर्जुन प्रावि कुडापानी र २०४७ सालमा स्थापना भएको सृजना प्रावि भुजेलखर्कलाई उनले सहयोग गरेका हुन् । ती बिद्यालयहरु बत्ति मुनिको अध्याँरो जस्तै भैरहेका छन् । जुन बिद्यालयहरुमा गरिव र बिपन्न परिवारका थुप्रै बिद्याथीएहरुले पठनपाठन गर्ने गर्दछन् । तर लामो समयसम्म पनि स्तरबृद्धि भैरहेको छैन् । ‘पहिलेबाटै बिद्यालय र बिद्यार्थीका समस्यासंग नजिक थिए,’ पाण्डेले भने,‘यो व्यतिmगत सानो सहयोग हो,जनप्रतिनिधीको हिसावले धेरै गर्नेछु ।’ उनले आगामी दिनमा त्यस्ता गरिव तथा जेहेन्दार बिद्यार्थी र बिद्यालयहरुको उन्नती र प्रगतीका लागि सवै निकायर सरोकारवालासंग योजनाबद्ध रुपमा लाग्ने बताए ।
उनले ती बिद्यालयमा अध्ययन गर्ने बालबालिकाको लागि भनेर ‘यमकान्त मनकली पाण्डे गरिव तथा जेहेन्दार छात्रवृती अक्ष्यकोष’ नै निर्माण गरेका छन् । कोषलाई बढाउँदै लैजाने र त्यसको व्याजबाट बिपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिने पाण्डेले बताए । कुनै सरकारी सुविधा नखाने बताएका उनले केहि समय अगाडी आफुले पाएको सरकारी भत्ता समेत कृषकलाई प्रदान गरेका थिए । अक्ष्यकोषको चेक बुझ्रदै नवज्योति प्राविका प्रध्यानाध्यापक गोकर्ण फुल्देलले पैसाको मुल्य भन्दा हिम्मत र हौसला नै प्रमुख कुरा भएको बताए ।
त्यस्तै सृजना प्रावि भुजेलखर्कका शिक्षक चन्द्र चुँदराले यो सहयोग दलित समुदायका बालबालिकाको हित र भविष्यको लागि एउटा इटा बन्ने अपेक्षा व्यक्त गरे । वडाध्यक्ष पाण्डेय सहित सवै जनप्रतिनिधीहरुलाई नवज्योेति प्राविमा स्वागत तथा अभिनन्दन गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend