logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी सेवा समाज कतारको वार्षिक भेला कार्यक्रमको मिति सर्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार “अविरल” पन्थी, दोहा ।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाज कतारले आयोजना गरेको वार्षिक भेला कार्यक्रमको विशेष कारणवस पुर्व घोसित मिति सारिएको छ ।

समाजको छैठौं साधारणसभा भएको एक वर्ष पुरा भएको अवसरमा आगामी ४ अगष्त २०१७ का दिन वार्षिक भेला कार्यक्रमको आयोजना गरेको थियो । समाजले १२ औ मासिक बैठक सम्पन्न गर्दै वार्षिक भेला कार्यक्रमको पुर्व घोसित मिति सारिएको जानकारी दिईएको हो ।

गत शुक्रबार सम्पन्न बैठकमा संस्थाका अध्यक्ष बुद्ध पाण्डेको अध्यक्षता रहेको थियो ।त्यस्तै बैठकमा संस्थाका अन्य पदाधिकारीहरु लगायत कतारबासी गुल्मेलीहरुको उपस्थिति रहेको थियो । हरेक महिनाको दोश्रो शुक्रबार बस्दै आएको समाजको बैठक यो महिना पनि शुक्रबार सम्पन्न भएको हो ।

समाजले रोजगारिको सिलसिलामा कतारमा रहदै आएका सम्पूर्ण गुल्मेलीहरु माझ समाजको वार्षिक गतिविधिहरुलाई पुराउदै प्रवासमा भइपरी आउने समस्या समाधानमा तथा स्वदेशमा समेत गर्दै आएको सहयोगलाई थप प्रभावकारी बनाउने भएको छ ।

कतारमा रहेका सम्पूर्ण गुल्मेलीहरुलाई समाजले संचालन गरेका हरेक विभिन्न अभियानमा सहयोग तथा साथ दिदै आएकोमा धन्यवाद समेत प्रकट गरेको छ । साथै समाजले आगामी दिनहरुमा साथ् र सहयोगका लागि अनुरोध गरेको छ ।

रोजगारिको सिलसिलामा कतारमा रहदै आएका सम्पूर्ण गुल्मेलीहरुलाई गुल्मी सेवा समाज कतारको सदस्यता लिन, सदस्यता लिइ सकेका तथा नवीकरण गराउन बाकि रहेका सम्पूर्ण सदस्यहरुले नविकरण गराउन आह्वान गरिएको छ ।

बैठकमा विभीन्न प्रस्तावहरुमा छलफल गर्दै सस्थाको छैठौ साधारणसभा पछीको वार्षिक भेला ४ अगष्त २०१७ का दिन सम्पन्न गर्ने भनिएको सोहि वार्षिक भेला कार्यक्रम विशेष कारणवस १८ अगस्त २०१७ शुक्रबारका दिन सारिएको समाजका सचिव केशव कंडेलले साझा नेटवर्कलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend