साझा नेटवर्क
साझा नेटवर्क, संवाददाता कतार ।
रोल्पालीहरुको साझा सस्था रोल्पा जलजला सेवा समाज कतार सातौ कार्यकालको अन्तिम बैठक हिजो दिवार अल्कुदुप पठानी पार्क दोहामा समाजका अध्यक्ष वसन्त थापाको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा समाजका कार्यसमिति, पदाधिकारी, सल्लाहकार, बुद्धिजीवी, समाजसेवी रोल्पालिहरु लगाएतको बाक्लो उपस्तिथि बैठकको संचालन समाजका चोम बिष्टले गर्नु भएको थियो।
बैठकमा बिशेश गरि सातौ कार्यकालको गतिविधि आठौं अधिवेशन तयारी कार्य बिभाजन लगाएतको बिषयमा छलफल संगै समाजको निम्ति सबैले एकता भएर लागि पर्ने प्रतिबद्धता जाहेर संगै सबैले रोल्पालिको एकता आजको आवस्यकता लाई जोड दिएका थिए।
आठौं अधिवेशनको लागि आवस्यक समाग्रीपूरा भैसकेको समेत समाजले बताएको छ । समाजको तर्फबाट सम्पुर्ण रोल्पाली तथा गैर रोल्पालीहरुलाइ उक्त कार्यक्रमको दिन प्रमुख अथिती/विशेष अथिती/अथिती र अथित्वको रुपमा उपस्तिथिको लागि पनि समाजले आव्हान गरेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend