साझा नेटवर्क
प्रेम सुनार, गुल्मी साउन १।
नयाँशक्ति नेपाल गुल्मीका जिल्ला संयोजक मनिराम ज्ञवाली सहितका दर्जनौ नेता कार्यकर्ता विच चुनाव अघि नै माओवादी केन्द्र संग पार्टी एकता भए लगत्तै नयाँशक्तिका दुई केन्द्रिय सदस्यले पनि पार्टी एकताको घोषणा गरेका छन् ।
नयाँ शक्तिका केन्द्रय सदस्यद्धय चन्द्र बिश्वकर्मा र कविता विश्वकर्माले यस जिल्लाका सम्पुर्ण कार्यकर्ताहरु सहित माओवादी केन्द्रसंग पार्टी एकताको घोषणा गरेका हुन् ।
असार २९ गते माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सुुदर्शन वराल, जिल्ला सह–ईञ्चार्ज निमबहादुर पाण्डे र केन्द्रिय सदस्यद्धयः बिश्वकर्माको हस्ताक्षर सहित गरिएको पार्टी एकताको सहमति पत्र आज मात्रै सो पार्टीले सार्वजानिक गरेको हो ।
केहि थप साथीहरुको पदिय हैसियतबारे छलफल चलाईएको र केहि साथीहरु संग सहमति लिन बाँकी रहेकोले आज टुङ्गोमा पुगेर सार्वाजानिक गरिएको पोलिटव्युरो सदस्य वरालले जानकारी दिए ।
नयाँशक्तिबाट पछि जिल्ला संयोजकको जिम्मेवारी सम्हालेका तेजेन्द्र थापा र सचिव जनक पन्थ भने पार्र्टी एकताको प्रकृया भित्र छैनन् ।
पदिय हैसियत हिजो नयाँशक्तिमा जो जसको जे थियो त्यही रहने गरी पार्टी एकता गरिएको केन्द्रिय सदस्यद्धय बिश्वकर्माले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend