साझा नेटवर्क
अनिल खत्री,गुल्मी साउन १ ।
तिज पर्वमा दुइ कलाकारका मात्र ४ दर्जन वढी तिज गित आउने भएका छन् । गायक खुमन अधिकारी र पशुपति शर्माका ४ दर्जन गित बिशेष गितहरु आउने बताएक छन् ।
तिज पर्वलाई मध्य नजर राखेर उक्त गितहरु तयार भएको बताएका छन् । मौलिक सँस्कृतिलाई जोड दिदै गितहरु तयार भएकोले यसवर्षका तिज गितहरु धेरै दर्सक श्रोताको मन जित्ने बताएका छन् ।हिन्दु महिलाहरुको महान पर्व आउन झण्डै एक महिना बाँकी रहदा बजारमा तिज बिशेष गितहरु बज्न थालेका छन् । चाडवर्पमा गाइने गितहरुले पर्वको महत्वलाई दर्साएको हुन्छ ।
तिज गितमा लय शब्द हराई रहेका बेला यसवर्ष भने अधिकांश कलाकारहरुले पुराना भाकालाई नयाँ रुप नयाँ स्वर दिँदै सार्बजनिक गर्ने गरेका छन् । यसवर्ष धेरै जसो कलाकारले तिजपर्वमा गाइने बास्ताबिक भाव बोकेका गितहरु ल्याउने प्रयास गरेका छन् । तिज पर्वमा मुख्य गरि दुई पक्षलाई मध्य नजर राखेर गाइने गरिन्थ्यो । पुरानो चलन अनुसार सासुले बुहारीलाई दुख दिएका, माइत जान नपाएका, तिजमा लगाउने गरगहना कपडाहरुको बारेमा जस्ता कथा बस्तुमा गित गाउने प्रचल थियो ।
तिजका गितहरुमा नारीहरुले आफना मनभित्रका गितमा मार्फत बेदना पोख्ने प्रचल रहेको थियो । पछिल्लो केहि वर्ष यता तिज बिशेष गितहरु फरक फरक तरिकाले गितहरु आउने गरे पनि यसवर्ष कलाकारले पुरानै शैलीलाई महत्व दिएका छन् ।
लोक दोहोरीमा सदावहार गायका रुपमा परिचित लोकप्रिय गायक एबं गितकार खुमन अधिकारीले यसवर्षको तिजपर्वलाई मध्यनजर राखेर झण्डै ३ दर्जन तिजका गितहरु गाएको बताएका छन् । उनले आफनै कतिमा लय कतिपयमा शब्द गरि २१ वटा गितहरु गाएको बताए ।
तिज बिशेष गितहरुमा उनले ८ वटा अन्य गायिकाहरुका गितहरु गाएको बताए । पछिल्लाकेहि वर्ष उनले दर्जन वढी तिजका गितहरु गाउने गरेका थिए ।
यसवर्ष बजारमा आउने गितहरुमा केहि समसामहिक प्रस्तुतिहरु रहेको गायक अधिकारीले बताए । यसवर्ष धेरै मेहनत गरेर धेरै तिजगितहरु बजारमा आएका छन् गायक अधिकारीले भने ‘यसवर्ष केहि मौलिकता जगाउने खालका गितहरु बजारमा आउने छन् ।’ चाडपर्वमा गित संगितको सुमधुर सम्बन्ध अधिकारीले भने ‘चाडपर्वमा आउने गितहरुले कला सँस्कृतिलाई बोकेका हुन्छन् ।’ यसवर्ष बजारमा आउने गितहरुमा केहि सन्देस मुलक र मौलीक सँस्कतिका साथ साथै तिजमा गाइने गाउँका बास्ताबिक भाकाहरु रहेको अधिकारीले बताए ।
गायक अधिकारीले आफुले नै लय तथा शब्द सृजना गर्ने हुँनाले पनि धेरै गितहरु उनका धेरै श्रोताले मनपराउने गर्दछन् । गायक अधिकारीले यो वर्षका तिजगितहरु रेकर्ड र सुटिङ्ग सकिएको बताए । तिज आउन अब महिना दिन बाँकी छ उनले भने यसवर्षको तिजको लागी सबै तयार भएका छन् अब तिज बिशेष कार्यक्रमको लागी देस तथा बिदेसका बिभिन्न स्थानमा हुने कार्यक्रमको लागी ब्यस्त रहने बताए । उनले देस बाहिर एक दर्जन भन्दा वढी कार्यक्रमहरु रहेको बताए ।
आफ्नै लय आफनै शब्द मार्फत लोक गायक पशुपति शर्माका १ दर्जन वढी गितहरु बजारमा आउने बताएका छन् । तिजगित सगै समाजमा घटेका यथार्थ परक कथा बस्तुमा केहि तिजगितहरु तयार गरिएको गायक शर्माले बताए । तिजका सुमधुर भाकामा केहि समाजमा घटेका यथार्थ घटनाहरुलाई गितमा समाबेश गरेको छु गायक शर्माले भने ‘केहि फरक खालका गितहरु पनि बजारमा आउने छन् ।
गायक शर्मा संगित क्षेत्रमा तिजका गितबाटै वढी लोकप्रिय कलाकार बनेका हुन् । उनले केहि वर्ष यता निरन्तर तिजका गितहरु ल्याउने गरेका छन् । गायक शर्माले आफनै लय शब्द गर्ने हुनाले पनि उनका निकै चर्चित र लोप्रिय गितहरु बजारमा आउने गर्दछन् । गायक शर्माले तिज बिशेष गितहरु रेकर्ड र सुटिङ्गको काम सकिएकोले अब तिज बिशेष मेला महोत्सवमा ब्यस्त रहने बताए । तिज बिशेष गितहरु धेरै सृजना गर्ने कलाकार मध्ये गायक शर्मा र अधिकारी वढी चर्चित छन् । बजारमा आउने गितहरुमा धेरै जसो यि दुबै कलाकारहरुका नै गितहरु आउने गर्दछन् ।
यो वर्षको तिजमा बास्ताबिक तिजको स्वाद गित मार्फत चखाउने गायिका मञ्जु पौडेलले बताइन् । केहिवर्ष यता निरन्तर तिजका गितहरु बजारमा ल्याएर श्रोता माझ परिचित गायिका पौडेलले पनि यस वर्षको तिजको लागी तिजगित ल्याएको बताइन् । उनले आफनै एल्वम अरुको गितमा पनि साथ दिएको बताइन् । यो वर्ष निकै मौलिक गितहरु आउने बताइन् ।गायिका पौडेललका ४ वटा तिजगितहरु आउने बताइन् । तिजका गितहरु सगै धेरै ठाउँ हुने तिज बिशेष कार्यक्रममा ब्यस्त रहने पौडेलले बताइन् ।
गायक बैकुण्ठका आदा दर्जन तिज गित
लोक संगितमा फरक खालका गितहरु मार्फत निकै चर्चा बटुलेका गायक एबं गितकार बैकुण्ठ महतले यसवर्षको तिजको लागी आदा दर्जन गितहरु सृजना गरेको बताए । केहि पुराना भाकालाई नयाँ स्वर शब्द भर्ने काम भएको छ उनले भने केहि नयाँ सृजना गरेको छौं ।
तिज बिशेष गरि नारी बेदना नारी अधिकारी नारीका कथा बस्तु समेटीएका केहि गितहरु आउने उनले बताए । चाडवर्पमा ल्याइने गितहरु गितका लागी नभइ कला सँस्कृति बोकेका गितहरुलाई जोड दिने गरेको महतले बताए ।
तिजमा महत सगै गितकार नेत्र अर्यालले पनि एक दर्जन जति गितहरुमा शब्द दिएको बताए । केहिमा लय पनि रहेको छ गितकार अर्यालले भने ‘मौलिक सँस्कृतिलाई जोड दिए छु ।’ तिज बिशेष गितहरुमा गायिका कोमल वली, बिष्णु माझी,देबिका केसी, रमिला न्यौपाने, टिका पुन, देबि घर्ति, सिन्दु मल्ल,शर्मिाल गुरुङ्ग राधिका हमाल, पुर्णकला बिसी लगायतका पुराना कलाकारहरुले यस वर्षका गित गितहरुमा स्वर र आफनै एल्वम पनि निकालेका छन् ।
तिजका पछिल्ला वर्ष यता नयाँ पिडिका कलाकारहरु शुसीला गौतम, सम्झना लामिछाने,कला पंगेनी, जमुना राना,शान्तीश्री परियार,शान्ति सुनार, कालिका रोका, सिता राना,कोपिला छिनाल, पबित्रा सर्तुङ्गी मगर, बन्दना पाण्डेय, कल्पना कुसुम, शिलु भट्टराई, शान्त परियार,शितल शर्माले पनि तिज गितलाई निरन्तरता दिएका छन् । यि कलाकार बाहे अन्य पुराना तथा नयाँ कलाकारहरुका पनि तिज बिशेष गित ल्याउने तयारी गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend