साझा नेटवर्क
अनिल खत्री,गुल्मी साउन १।
हिन्दु महिलाहरुको महान पर्व आउन झण्डै एक महिना बाँकी रहदा बजारमा तिज बिशेष गितहरु बज्न थालेका छन् ।
कतिपय कलाकारहरु गित तयारीको लागी सुटिङ्गमा ब्यस्त छन् । चाडवर्पमा गाइने गितहरुले पर्वको महत्वलाई दर्साएको हुन्छ । तिज गितमा लय शब्द हराई रहेका बेला यसवर्ष भने अधिकांश कलाकारहरुले पुराना भाकालाई नयाँ रुप नयाँ स्वर दिँदै सार्बजनिक गर्ने गरेका छन्। तिज पर्वलाई मध्य नजर रलमाखेर केहि वर्ष यता गुल्मीमा पनि तिज बिशेष गितहरु छायाँङन हुने गरेका छन् ।
शनिवार गुल्मीको एभरग्रिन पार्टी प्यालेसमा ‘रातो डोरी कालो केसैमा’ बोलको तिजको गित छायाँङन भएको छ । गायिका शितल पाण्डेयले यसवर्षको तिजलाई मध्यनजर राखेर उक्त गित बजारमा ल्याउन लागेकी छन् । गायिका पाण्डेकै आफनै लय शब्द र स्वर रहेको छ ।
रिचा थापाको मुख्य अभिनय रहेको गितमा गुल्मेली चेलीहरुको पनि अभिनय रहेको छ । गुल्मीको रेसुङ्गा सगै तम्घास बजारको सुन्दर दृश्य रहने गायिका पाण्डेले बताइन् । तिजबिशेष गित एक हप्ता भित्रमा बजारमा आउने उनले बताइन । यसवर्ष धेरै जसो कलाकारले तिजपर्वमा गाइने बास्ताबिक भाव बोकेका गितहरु ल्याउने प्रयास गरेका छन् ।
तिज पर्वमा मुख्य गरि दुई पक्षलाई मध्य नजर राखेर गाइने गरिन्थ्यो । पुरानो चलन अनुसार सासुले बुहारीलाई दुख दिएका, माइत जान नपाएका, तिजमा लगाउने गरगहना कपडाहरुको बारेमा जस्ता कथा बस्तुमा गित गाउने प्रचल थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend