logo
  • शनिबार, असोज १० २०८३

मलेसियामा ज्यान गुमाएका खनालकाे शव भोलि नेपाल ल्याईदै


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

विमल खड्का, बाग्लुङ असार ३० ।
बागलुङ जिल्लाकाे पश्चिम ढाेरपाटन नगरपालिका वडा नम्बर २ साबिक  बुर्तिबाङ -५ का रिनामका  ५२ बर्षिय जिवलाल खनालकाे सब असार ३१ दिउसाे १२ :०५ मा नेपालकाे त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थल अाउने भएकाे टिकटमा उल्लेख गरिएकाे छ ।

खनालकाे पाेष्माटम गरेर कम्पनिले उनकाे सब नेपाल पठाउन लागेकाे हाे । खनाल मलेसियामा बिगत दश बर्ष यता राेजगारका लागी कार्यरत रहेका थिए । अाईतबार घरमा पैसा पठाएर काेठामा फर्कदा गाडीकाे ठक्करबाट उनकाे मृत्यु भएकाे थियाे ।

खनालकाे क्षेतीपुर्तिका लागी कम्पनीमा निवेदन पेस गरेकाे बताएकाे छ । खनाललाई कुन गाडीले हान्याे भन्ने पत्ता  अझै पनि नलागेकाे उनका अाफन्त चुडा केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend