साझा नेटवर्क
बागलुङ, असार २९ ।
बडीगाड खोलामा मृत भेटिएकी गुल्मी जिल्ला मुसिकोट नगरपालिका पौँदी अमराईकी गीता नेपालीको शवको गल्कोट स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको छ ।
मृतक नेपालीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएका बडीगाड गाउपालिका सक्नेरका हिराबहादुर मगर सहित मृतककी भाउजू सीता नेपालीलाई इप्रका हरिचौरले थप कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend