साझा नेटवर्क
काठमाडौं, असार २९।
जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत स्कुल बस र विपरीत दिशाबाट आइरहेको जिप ठोकिँदा एकको घटना स्थलमा मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
जनकपुर उपमहानगरपालिका–१४ मुजेलियास्थित बाबा पेट्रोल पम्प नजिकै उत्तरतर्फबाट आउँदै गरेको ना १ प ४८०५ नं को स्थानीय मोनाष्टिक स्कुलको बस र जनकपुरतर्फबाट गइरहेको को १ च ८५१७ नंको स्कारपियो जिप ठोकिँदा सिरहाको लहान नगरपालिका–१२ की ललिता चौधरीको घटनास्थलमै मृत्युस्थलमा हो ।
दुर्घटनामा पूर्वसांसद सरितादेवी चौधरी तथा स्थानीय वासी हरेराम यादव, मणि कामत, सागरदेवी चौधरी, रामरती महरा र स्कारपियो चालक दिलीप चौधरीको हातखुट्टा र टाउकामा गम्भीर चोट लागेकाले उपचारका लागि विराटनगर न्युरो अस्पतालमा पठाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीले जानकारी बताए ।
दुर्घटनामा अन्य सामान्य घाइते भएका तीन जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend