logo
  • शनिबार, साउन ९ २०८३

रोल्पा जलजला समाजको सातौं कार्यकालको अन्तिम बैठक भोलि सम्पन्न हुँदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

चोम बिष्ट, कतार ।
रोल्पालीहरुको साझा सस्था रहेको रोल्पा जलजला सेवा समाज कतार जसको स्थापना २०६५ सालमा भएको थियो । जन्मभुमि नेपाल अनि बिशेश रोल्पाबाट वैदेशिक रोजगारको सिलसिला कतारमा आइपुग्नु हुने रोल्पाली दाजुभाइ तथा दिदिबहिनीहरुको एकता अनि बिदेशको बसाइमा आइपर्ने विभिन्न समस्याको गहन अध्यन अनि समाज सस्थागत रुपबाट सहयोग गर्न सहज छिटो छरितो हुने नयाँ नयाँ आउने हरुको लागि जनचेतनामुलक जानकारी दिन सकिने जोखिमपूर्ण काम अनि यहाको समस्या समाधान बारेमा ज्ञानको ज्योति छर्न सकिन्छ ।

बिशेश उदेश्यका साथमा स्थापना भएको सस्था समाजका सस्थापक सुर्य बिक भने त्यस्तै समाजको हरेक गतिविधि र कार्यक्रम सफलतापुर्वक सम्पन्न हुँदै आएको सफलताको लागि रोल्पालिहरुको एकताले नै सातौं कार्यकाल सम्म सफलता पुर्ण यहाँ सम्म आएको र भोलि शुक्रबार यश समाजको सातौं कार्यकालको अन्तिम बैठक र आठौं महाधिवेशन यहि जुलाइ २८ तारिख शुक्रवार रोटना रेस्टुरेन्ट सनैयामा हुने हुदा भोलिको बैठक विशेश भएको छ ।

र कार्यक्रमको कार्य बिभाजन नयाँ कार्यसमिति आर्थिक समाजी समिक्षा लगाएतको महत्त्वपूर्ण बिषयमा छलफल हुने भएको हुदा यस समाजका क्रियासिल कार्यसमिति पदाधिकारी सल्लाहकार बुद्धिजीवी साथै कतारमा कार्यरत सम्पुर्ण रोल्पालि दाजुभाइ दिदिबहिनी हरुलाइ सक्दो उपस्थित भएर यस हाम्रो समाजिक कार्यमा सहयोग गरिदिन हुन समेत समाजका अध्यक्ष बसन्त थापाले बताउनु भएको छ ।

बैठक हुने स्थान देवार अल्कुदुप पठानी पार्क कदोहा समय दिउसो २ बजे देखि मिति भोलि १४ जुलाइ शुक्रबार रहेको छ । भने सम्पर्कको लागि ३०१८१०१८ र ६६०९८८७१ साथै [email protected] इमेलमा पनि जानकारी लिन सक्नु हुन्छ

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend