logo
  • शनिबार, असोज १० २०८३

वैदेशिक रोजगारीमा मृतुभएका परिवारलाई क्षतिपूर्ति रकम साउनबाट बढाइने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौं असार २९।
बैदेशिक रोजगारीको सिलसिला विदेशमा मृत्यु भएका कामदारका परिवारलाई सरकारले सात लाख रुपैँया क्षतिपूर्ति दिने भनी गतवर्ष गरेको निर्णय आगामी साउन पहिलो सातादेखि कार्यान्वयन हुने बारे वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अधिकारीले बताएका छन्।मन्त्रिपरिषदबाट हालै पारित उक्त निर्णय साउनको पहिलो हप्तासम्ममा राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुने बैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बताए। काफ्लेले भने “नियमावलीलाई सम्पादन गर्ने काम कानून मन्त्रालयबाट भइरहेको छ। त्यसपछि राजपत्रमा प्रकाशन गर्नका लागि मुद्रण विभागमा पठाइन्छ। जानकारी गराउदै हाम्रो प्रयत्न कम्तीमा साउन १ गतेदेखि लागू होस् भन्ने हो।”त्यसपछि मृतकका परिवारले बीमा रकम सहित कम्तीमा २२ लाख रुपियाँ प्राप्त गर्ने बताइएको छ।

    प्रिमियम शुल्क

उनीहरुले कल्याणकारी कोषको ७ लाख बाहेक १५ लाख रुपैँया जीवन बीमाबाट पाउने छन्।

साथै क्यान्सर,ह्रृदयाघात,ब्रेन ट्युमर जस्ता १५ किसिमका गम्भीर रोग लागेका बिरामीलाई थप ५ लाख रुपैँया दिने व्यवस्था गरिएको प्रवर्द्धन बोर्डले जनाएको छ। विदेशमा मृत्यु हुने कामदारको परिवारले वैदेशिक रोजगार कल्याणकारी कोषबाट हाल पाउँदै आएको ३ लाखबाट बढाएर ७ लाख रुपियाँ दिने निर्णय सरकारले गत वर्ष गरेको थियो।

कामदारको मृत्यु बाहेक बिरामी र अंगभंग भएकाहरुलाई पनि रकमको व्यवस्था गरिएको छ। बीमा र कल्याणकारी कोषबाट क्षतिपूर्ति रकम बढाएसँगै कामदारहरुले विदेश जानु अगाडि तिर्नुपर्ने बीमाको प्रिमियम शुल्क समेत बढेको छ। कामको अवधि र कामदारको उमेर अनुसार फरक फरक हुने उक्त शुल्कमा कम्तीमा ९ सय ५० रुपैयाँ रकम बृद्धि भएको जनाइएको छ।

कार्यकारी निर्देशक काफ्लेले भने, “५ लाखको विमांकलाई १० लाख बनाइयो। त्यो १० लाख भनेको १५ लाख क्षतिपूर्ति पाउने ब्यवस्था हो। प्रिमियम ४० प्रतिशत मात्र बृद्धि गरेर असाध्य कममा शत प्रतिशत बिमांक वढाइएको छ।

“विभिन्न देशमा रहेका नेपाली कामदारहरुमध्ये दैनिक कम्तीमा ३ जनाको शव देश भित्रिने गरेको बताइन्छ। हाल कल्याणकारी कोषमा चार अर्ब भन्दा धेरै रुपियाँ रहेको बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend