साझा नेटवर्क
साझा नेटवर्क, बुटवल असार २८ ।
तीज गीतहरु दिन प्रतिदिन युटुबमा अत्याधिक मात्रामा सार्बजनिक भएका छन । तर दर्शकले यो तीज गीतले बजार पिट्छ है भन्ने खालको गीत अझै सम्म पनि बजारमा सार्बजनिक नभएको अबस्थामा हरिमाया रायमाझी, बिष्णु ठडराइ र बिशाल रायमाझीको संयुक्त तीज कोशेली “नक्कले भिनाजु” बजारमा आएको छ ।
युटुबमा सार्बजनिक भएको केहि घन्टामै ५८ हजार बढीले हेरिसकेकाछन चर्चित हास्यकलाकार दारी बा र मोडल एलिना रायमाझीले भेना र सालीको भूमिका निर्बाह गरेका छन । बिष्णु भट्टराईले कलाकारहरुलाई रमाइलो गरि प्रस्तुत गराएका छन ।
बुटवलको कालिकानगर अबस्थित होटल एसियनमा छायांकन गरिएको भिडियोले दर्शकको मन छोएको छ । विन्ध्यवासिनी म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको भिडियोमा दृश्य निर्माण अविरल फिल्म्सले गरेको छ ।
पुरानो भाकालाई नया शैलीमा तयार गरिएको गीतमा हरिमाया रायमाझी, बिशाल रायमाझी र बिष्णु ठडराइको स्वररहेको छ । बिशाल रायमाझीले लय तयार परेका छन ।
साली र भेनाको माया प्रीतीमा हरिमाया रायमाझीले शब्द भरेकी छिन। किशोर थापाको नृत्य निर्देशन रहेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ ।
हेरौ भिडियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend