logo
  • शनिबार, असोज १० २०८३

जिल्ला वन कार्यालय गुल्मीद्धारा सामुदायिक रेडियो पुष्पाञ्जली सम्मानित

वन डढेलो नियन्त्रणमा मुख्य भुमिका निर्वाह गरेको भनाइ ।


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिश शर्मा गैरे, गुल्मी असार २८ ।
जिल्ला वन कार्यालय गुल्मीले सामुदायिक रेडियो पुष्पाञ्जलीलाइ पुरस्कृत गरेको छ । वन डढेलो नियन्त्रण गर्न जनचेतना मुलक सामाग्रीहरु प्रदर्शन गरी जनतालाइ सुसुचित गरेको भन्दै वन कार्यालयले सामुदायिक रेडियो पुष्पाञ्जलीलाइ सम्मानित गरेको हो ।

सदरमुकाम तम्घासमा स्थित कार्यालय परिसरमा गरीएको एक कार्यक्रमका बिच रेडियोलाइ सम्मान गरीएको हो । सामुदायिक रेडियो पुष्पाञ्जली सँगै अन्य मिडियाहरु पनि सम्मानित भएका छन ।

रेडियोको अलवा पत्रकार महासँघ गुल्मी पनि पुरस्कृत भएको छ । वन कार्यालयले आगामी दिनमा पनि यस्तै कार्यहरु गरी जनतामा चेतना भर्ने काम गर्न सुझाब पनि दिएको छ । पुरस्कृत भएका रेडियोहरुलाई सम्मान पत्र सहित नगद पनि हस्तान्तरण गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend