साझा नेटवर्क
साझा नेटवर्क, बुटवल असार २८ ।
पछिल्लो समय अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा बस्दै अनि सानैदेखि गीत संगीतमा लगाब राख्दै आएका र गित संगीतमा केहि गर्छु भन्दै पछिल्लो समय आफ्नो नयाँ गीत “बिर्सिदिन्छु” मार्फत बजारमा आएका गीतकार हुन् साहज गुरुङ ।

गीतकार गुरुङ भुटानमा जन्मिएका हुन् र पछि आएर झापामा बसोबास गर्दै आएका अनि गीत लेखनमा सक्षम प्रतिभाशाली यिनै गीतकार गुरुङले आफ्नो नयाँ नेपाली आधुनिक गीत “बिर्सिदिन्छु” सार्बजनिक गरेका छन् ।
अम्बर तुम्बापो सुब्बाको संगीतमा बनेको यो गीतमा उदय सोताङ्गको आवाज अनि सचिन सिंहको संगीत संयोजन रहेको छ ।
के एण्ड के को प्रस्तुतिमा रहेको योभिडियोमा केकी अधिकारी अनि निराजन प्रधानको ससक्त अभिनय बिर्सिदिन्छु” यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ ।
निर्माण भएको भिडियोमा हरि हुमागाईंको छायांकन, निशान घिमिरेको सम्पादन संगै अर्जुन अधिकारीको निर्देशन रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend