साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी असार २८।
रेसुंगा नगरपालिकाको कार्यालय स्थापना भएदेखि दुई पटक स¥यो अहिले तम्घास बृहत खानेपानीको भवनमा नगरपालिका छ ।
निकै साँघुरो भवनमा नगरपालिकाका हरेक फाँट र १४ वडाका काम भैरहेका छन् । एउटै कोठामा दराजले नगरपालिकाका फाँटहरु बिभाजन गरिएको छ । जसका कारण मतगणना सकिएको अर्को दिनबाटै नगरपालिकाका कर्मचारी मेयर र उपमेयरको लागि घर खोज्दै हिडे । ‘कतै भने जस्तो ठाउँ र घर पाइएन,’ कार्यालयका नायव सुब्बा गोपाल पन्थीले भने,‘ नगरपालिकामै जसोतसो व्यावस्थापन गरेर मेयर र उपमेयरलाई पदभार ग्रहण गराइयो ।
’अझै पनि खोजी र छलफल भएकाले केहि दिनमा निकास आउने उनले बताए । नगरपालिकाको कार्यालयको भवन निर्माण हुँदैछ । कार्यालयमा व्यावस्थापन नै आफ्नो पहिलो काम भएको रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसाले बताए । ‘अहिले मेयर र उपमेयर बस्ने ठाउँ समेत छैन,’उनले भने,‘सेवा प्रबाहलाई सहज बनाउन पहिले कार्यालय व्यावस्थापन गर्ने हो ।’ तत्काललाई सरकारी कार्यालयहरुसंगै छलफल भइरहेकाले केहि समयमै समस्या समाधान गर्ने उनले बताए ।
एक तले साँघुरो घरमा मालिका गाउँपालिका भएकाले प्रमुख र उपप्रमुख सहितका जनप्रतिनिधीले १९ असारमा ठुलीचौर प्राविमा सपथ लिए । सोहि दिन सवै जनप्रतिनिधीले पदभार ग्रहण गरे। भवनकै कारण मालिका गाउँपालिकालाई व्यावस्थापनमा समस्या परिरहेको छ। अर्खबाङ्ग महिला बचत तथा क्रृण सहकारी संस्थाको भवनमा अहिले गाउँपालिकोको कार्यालय छ। जसका कारण सानो भवन भित्र गाउँपालिका प्रमुख र उपप्रमुख, कार्यकारी अधिकृत सहित प्रसासन र लेखा फाँट संचालन गर्नुपर्ने बाध्यता छ ।
‘ठाउँको अभावले सपथ ग्रहण बिद्यालयमा ग¥र्यौ,’ मालिका गाउँपालिकाका कार्यकारी अधिकृत रिषिराम पन्थीले भने,‘ जनप्रतिनिधी र कर्मचारी भित्र पसे सेवाग्राहि बाहिर निस्कनुपर्ने अवस्था छ ।’ भाडामै बस्नको लागि पनि अरु कुनै पुर्वाधार नभएकाले आफुहरुलाई सेवा प्रबाहमा थुप्रै चुनौति रहेको पन्थीले बताए । गाउँकार्यपालिका गठन भएपछि जनप्रतिनिधीहरुको संख्या बढ्दै जाने भएकाले बैठक बस्न समेत चौरमा जानुपर्ने बाध्यता रहेको पन्थीले बताए । उनले कार्यालय व्यावस्थापन कसरी गर्ने भन्ने बिषयमा बहस र छलफल भएपनि कुनै ठोस निर्णय नभएको बताए ।
रेसुङ्गा र मुसिकोट नगरपालिका तथा चन्द्रकोट गाउँपालिकाको केन्द्र बजारमा भएकाले केहि सुगम मानिन्छ। तर कार्यालय व्यावस्थापनमा उनीहरुलाई नै समस्या छ । भने कुनै पुर्वाधार नभएका दुर्गमका गाउँपालिकाहरुको अवस्था दुर्भाग्यपुर्ण रहेको छ । दोस्रो चरणको स्थानीय निकाय निर्वाचन सकिएपछि नगरपालिका र गाउँपालिकाहरुलाई अर्को समस्या थोपरिएको छ । त्यो हो निर्वाचित जनप्रतिनिधीहरुको व्यावस्थापन । जिल्लामा दुई नगरपालिका र १० गाउँपालिका छन् ।
अहिले सम्म कुनै पनि स्थानीय निकाय आफ्नै भवनमा छैनन् । अहिले नगरपालिका र गाउँपालिकाहरु भाडाका घरहरुमा साँघुरिएका छन् । त्यसैमाथी नगर तथा गाउँपालिकामा प्रमुख÷उपप्रमुख र वडा कार्यालयमा वडाध्याक्ष सहितका निर्वाचित जनप्रतिनिधीको भौतिक व्यावस्थापन अर्को समस्या देखिएको छ । जसको कारण नगर तथा गाउँपालिकाहरुलाई पदभार ग्रहण गराउन समेत मुस्किल भएको थियो ।
जिल्लाको मालिका गाउँपालिका बाहेक सवै गाउँ र नगरपालिकामा खानेपानीको चरम अभाव छ । खोला किनारमा रहेका मुसिकोट नगरपालिका, सत्यवति, रुरु र कालीगण्डकी गाउँपालिका बाहेक अरु सवैका केन्द्र उच्च स्थानमा छन् । जहाँ खानेपानीको निकै समस्या छ । २१ हजार आठ सय ९९ जनसंख्या रहेको मदाने गाउँपालिकाका अधिकांश भागमा खानेपानीको चरम अभाव छ ।
मदाने गाउँपालिकाको केन्द्र वडा नं ६ को पुर्कोटदह हो । उच्च स्थानमा रहेको पुर्कोटदहको पुर्खयौली समस्या खानेपानी हो । खानेपानीकै कारण कार्यालयहरु तथा कर्मचारी व्यावस्थापन चुनौति छ । ‘कार्यालय र बस्ती विकासका लागी ठाउँ अत्यन्तै अनुकुल छ,’ पुर्कोटदहका भोज बहादर कुवंरले भने,‘ तर खानेपानी यो ठाउँको प्रमुख समस्या छ ।
’ पछिल्लो समय ग्वारीखोला ओख्ले लिफ्टिङ्ग खानेपानीको काम भएपनि सहि समयमा काम नभएको कुवंरले बताए । धुर्कोट गाउँपालिकाको जैसीथोक वरबोट केन्द्र बस्ती विकास नै नभएको ठाउँ हो । त्यहाँ पनि सवै संरचना निर्माण नबनाएसम्म तत्काललाई समस्या पर्ने स्थानीय शिक्षक दधिराम खनालले बताए । भने खानेपानीको अत्यन्तै समस्या रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend