logo
  • शनिबार, असोज १० २०८३

पाल्पामा बिहानै बम विष्फोट, स्थानीय त्रसित


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

भुवन रायमाझी, पाल्पा असार २७।
पाल्पाको तानसेनमा बम विष्फोट भएको छ । आज विहान ४ बजे नगरको भगवतिटोल स्थित आँखासिविर नजिकै अज्ञात समुहले प्रेसर कुकर बम विष्फोट गराएको हो । बम विष्फोटबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।

बिस्फोटपछि स्थानीय भने त्रसित भएका छन् । सर्वसाधारणहरु बिहान मर्निङ वाकमा निस्कन समेत सकेका छैनन । बिहानै मर्निङ वाकमा निस्केका समेत घर फर्किन सकेका छैनन् ।

आज विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आह्वान गरेको छ । यसकारण नेकपाका कार्यकर्ताले बम विस्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बिहानै सदरमुकाममा बम विष्फोट हुनुले सर्वसाधारण झन त्रसित भएका छन् ।

-अहिले तानसेनका सबै चोक चोकमा प्रहरी खटिएका छन् । बम विष्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
-साथै स्थानीयलाई ढुक्क भएर बस्न जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend